बिहीबार, १३ वैशाख २०८१

गरिमा विकास बैंकको ६ नयाँ शाखा सञ्चालनमा

समयपोष्ट २०७७ असोज २ गते ११:५०

Advertisement

गरिमा विकास बैंकले काठमाण्डौ उपत्यका भित्र र बाहिर गरी देशका विभिन्न स्थानमा ६ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

उपत्यका बाहिर नवलपुरको गैडाकोट, रुपन्देहीको कोटिहवा, रौतहटको चन्द्रपुर, धनुषाको जनकपुर र उपत्यका भित्र काठमाण्डौको ढुङगेधारा तथा ललितपुरको इमाडोल गरी एकैदिन ६ वटा शाखा कार्यालयहरु संचालनमा ल्याएको बैंकले जानकारी दिएको छ ।

यस संगै बैंकको काठमाण्डौं उपत्यकाभित्र १३ वटा शाखा सहित देशभर सम्पुर्ण प्रदेशमा ९७ शाखा, ५१ एटीएम र गरिमा रेमिटका १० हजारभन्दा बढी एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री