शनिबार, ८ वैशाख २०८१

माछापुच्छ्रे बैंकले घोषणा गर्यो लाभांश

समयपोष्ट २०७७ असोज १ गते १६:२०

Advertisement

माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७६/७७ को कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाइ चुक्ता पूँजीको ७.०३ प्रतिशत बोनस शेयर र कर सहित ३.३७ प्रतिशत नगद गरी कुल १०.४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्विकृती र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

बैंकले गत आर्थिक वर्षमा रु.१ अर्व २६ करोड ५१ लाख रुपैया खुद नाफा गरेर प्रतिशेयर आम्दानी रु.१४ रुपैया ९६ पैसा कायम गरेको थियो । चुक्ता पूँजी रु.८ अर्व ४५ करोड ८४ लाख रहको बैंकको साधारण जगेडा कोषमा रु.१ अर्व ७० करोड रुपैया संचित रहेको छ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १५९ वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९२ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फत ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री