शुक्रबार, ७ वैशाख २०८१

भैरहवामा एनबी इन्स्योेरेन्स कम्पनीको१४ औं शाखा

समयपोष्ट २०७३ असोज २ गते ४:२४

एनबी इन्स्योेरेन्स कम्पनीले आफ्नो १४ औं शाखा भैरहवामा  विस्तार गरेको छ । इन्स्योरेन्सका सञ्चालक प्रतापजँग पाण्डेले शुक्रबार शाखाको उद्घाटन गरेका छन् । 

Advertisement

कार्यक्रममा सञ्चालक पाण्डेले मुलुकभर बिमा सेवा पु¥याउने उद्देश्यले शाखा विस्तार गरिएको बताए । ग्राहकलाई सरल, छिटो र विश्वसनीय सेवा पु¥याउने आफूहरूको लक्ष्य रहेको उनको भनाइ छ । इन्स्योेरेन्सले हालसम्म १४ शाखा, ५ सम्पर्क कार्यालय र ११ सेवा काउन्टरबाट सेवा दिँदै आएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले नयाँ व्यवस्थापनले सम्हालेपछि कम्पनीको वित्तीय अवस्था क्रमशः सुदृढ बन्दै गएको बताए ।

२०७१ माघबाट कम्पनीको व्यवस्थापन आईएमई समूहलगायतका विभिन्न उद्योगी व्यवसायीहरूले सम्हालेका छन् । कम्पनीले हालै १०ः८ सेयर वितरण गरी चुक्ता पुँजी २७ करोड रुपैयाँ पु¥याएको छ । यस्तै, आव ०७२/७३ मा २६ लाख बिमालेखबाट ३५ करोड बिमाशुल्क आर्जन गरेको छ । कम्पनीले गत आवमा ५ करोड खुद नाफा आर्जन गरेको तथा चालू आवको २ महिनामा ८ हजार बिमालेखबाट १० करोड बिमाशुल्क आर्जन गरेको कार्यक्रममा जानकारी दिइयो ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री