शुक्रबार, ७ वैशाख २०८१

आजै दुईपक्षिय सम्झौतामा हस्ताक्षर हुने 

समयपोष्ट २०७३ भदौ ३१ गते ६:५८


काठमाडौ । चार दिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतिय प्रधानमन्त्री नरेन्द« मोदीको उपस्थितिमा  दुईपक्षिय सम्झौतामा हस्ताक्षर हुने भएको छ । 

Advertisement

भारत भ्रमणको दोस्रो दिन आज दिल्ली स्थित हैदरावाद हाउसको बल रुममा विगतमा भारतीय सरकारसँग भएका सम्झौताको कार्यान्वयन बारे छलफल र सम्झौता पत्रमा हस्ताक्षर हुनेछ । 

 त्यसलगत्तै पत्रकार सम्मेलन गरी भारतिय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री दाहालले  संयुक्त सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

यसपालिको भारत भ्रमणमा दोधरा चाँदनी सुख्खा बन्दरगाह निर्माण गर्ने , हुलाकी राजमार्गको दोश्रो चरणको निमार्णकार्य अगाडि बढाउने,दशकअघि सम्झौता भएको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको पिडिएलाई अन्तिम रुप दिने , कास्कीको ढिकुरपोखरीमा पोलिटेक्नीकल इन्स्टिच्युटको स्थापना गर्ने,ढल्केबर–मुजफ्फर बिद्युत प्रशारण लाइनको स्तरउन्नती, नेपालमा सबस्टेशन स्थापना गर्ने , सुविधासम्पन्न नेपाल प्रहरी स्कूलको स्थापना गर्ने,
गोरखपुर भैरहवा बिद्युत प्रशारण लाइनलाई अगाडि बढाउने, नेपालमा उत्पादित कृषिजन्य सामग्रीहरु भारतीय बजारमा निकासीका लागि सहज वातावरण बनाउने, तेश्रो मुलुक अर्थात बंगलादेशसँग पारवहन सुविधाको ब्यवस्था गर्ने ,महाकाली र गण्डक नहर सिँचाई परियोजनालाई अगाडि बढाउने ,सिमानाकामा दुईदेशको तर्फबाट एकीकृत सुरक्षा जाँच चौकीहरु स्थापना गर्ने लगायतका विषयमा छलपल हुनेछन्  । 

आजै साँझ प्रधानमन्त्री दाहालले भारतका  उपराष्ट्रपति हमिद अन्सारी र राष्ट्रपति प्रणव मुखर्जीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री