शुक्रबार, १४ वैशाख २०८१

‘सरकार भारतसंगको  सम्बन्धलाई सकारात्मक रुपमा सुधार गर्ने पक्षमा छ’

समयपोष्ट २०७३ भदौ २८ गते ५:५३


नेपाल र भारतबीचको सम्बन्धलाई ‘साकारात्मक’ रुपमा सुधार गर्ने पक्षमा वर्तमान सरकार रहेको परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतले बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी स्वरुप भारत भ्रमणमा रहेका मन्त्री महतले भारतीय सञ्चार माध्यमसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

Advertisement

मन्त्री महतले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै भारतसँग नयाँ अध्यायको शुरुवात गर्न नेपालले चाहेको  बताए । उनले वर्तमान सरकारको तत्कालिन प्राथमिकता विनाशकारी भूकम्प र नाकाबन्दीको असरलाई न्युनिकरण गर्ने रहेको जानकारी दिए । भदौ ३० गते चार दिने भारत भ्रमणमा निस्कन लागेका प्रधानमन्त्रीको यस भ्रमणमा हुलाकी सडक, अन्तरदेशीय रेल सञ्जाल र सीप विकास केन्द्रको विषयमा छलफल हुने बताए।
तीन दिने भारत भ्रमणमा रहेका  महतले प्रधानमन्त्रीको भ्रमणमा पञ्चेश्वर जलविद्युत आयोजनालाई प्राथमिकतामा राखेको संकेत गरे ।

उनले प्रधानमन्त्रीको भ्रमण अघि यस विषयमा सहमति निर्माण गरिसक्ने बताए । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री