बुधबार, १२ वैशाख २०८१

भदौ २६ देखि एनएमबि हाइब्रिड फण्ड निष्काशन हुने

समयपोष्ट २०७३ भदौ २० गते ७:३४

एनएमबि बैंक सहायक कम्पनी  एनएमबि म्यूचुअल फण्डले असी करोड रुपैयाँ बराबरको सामुहिक लगानीकोषको दोस्रो योजनाको आह्वानपत्र सार्वजनिक गरेको छ । एनएमबि हाईब्रिड फण्ड एल १ को धितोपत्र निष्काशन आगामी भदौ २६ गतेबाट हुने भएको छ । 

Advertisement

प्रतिइकाई १० रुपैयाँका दरले न्यूनतम ६ करोड ८० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुल्ला गरिएको छ । बैंकले निष्काशन गरेको फण्ड छिटोमा भदौ ३१ गते निष्काशन बन्द हुने बताइएको छ । यसको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड आफैं रहेको छ ।  

यो सामुहिक कोषको संचलाकमा अनुज अग्रवाल,पशुपति मुरारका,उपेन्द्र पौडेल, मनिष जैन र प्रदीप प्रधान रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री