शुक्रबार, १६ चैत २०८०

नेशनल कलेज अफ इन्जिनीयरिङका बिद्यार्थीलाई सिटिजन्स बैंकले सर्टिफिकेट धितो राखी ऋण दिने

समयपोष्ट २०७३ भदौ १९ गते १०:५९

सिटिजन्स बैंक इन्टरनेशनले त्रिभूवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त नेशनल कलेज अफ इन्जिनीयरिङका बिद्यार्थीलाई सर्टिफिकेट धितो राखी ऋण उपलब्ध गराउने भएको छ । नेशनल कलेज अफ इन्जिनीयरिङ तथा सिटिजन्स वैंकबीच यस शैक्षिक सत्रमा भर्ना हूने आर्थिक रुपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई ऋण दिने सहमति भएको हो ।

Advertisement

नेशनल कलेज अफ इन्जिनियरिङका अध्यक्ष इ. सरोजकुमार उपाध्याय र सिटिजन्स बैंक इन्टरनेशनलका चिफ क्रेडिट अफिसर सुमित बाबु खत्रीबीच आइतबार प्रमाण्पत्र धितो राखी ऋण दिने सहमतिमा हस्ताक्षर भएको छ ।
इन्जिनीयरिङका विद्यार्थीहरुले आफ्नो अध्ययन अवधिभर ३ लाख ५० हजार  किस्तावन्दीमा कर्जा पाउने छन् । यो कर्जा उपभोग गरेवापत वार्षिक ८.५ का दरले हून आउने व्याज मासिक रुपमा वैंकमा वूझाउनु पर्नेछ । अध्ययन अवधि भित्र बिद्यार्थीले सो ऋण चूक्ता गर्नूपर्नेछ । कर्जाको अवधि चार वर्षको हूने र अध्ययनमा उत्कृष्टता, लगनशीलता र विश्वासको आधारमा अर्को चार वर्षको अवधीमा तिर्न सक्ने छन् ।
ऋण लिनको लागि एसएलसी, १२ कक्षाका सक्कल प्रमाण पत्रहरु बैंकमा धितो राख्नू पर्नेछ । सवै ऋण चूक्ता भएपछि मात्र सक्कल प्रमाण पत्र उपलब्ध हूने छन् र कलेजले दिने सक्कल प्रमाणपत्रहरु पनि ऋण चूक्तापश्चात उपलब्ध गराइले कजेजद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री