बुधबार, ५ वैशाख २०८१

महिलाद्वारा संवेदनशील अंगमा लुकाइ लागुऔषधको तस्करी

समयपोष्ट २०७४ असोज ११ गते ८:०४

महिलाले आफ्नो संवेदनशील अंगमा लुकाएर लागुऔषध तस्कारी गर्ने गरेको रहस्य खुलासा भएको छ । 

Advertisement

छिट्टै धेरै कमाउने सोचलगायतका कारण खुल्ला सीमा क्षेत्रमा महिलाले आफ्नो संवेदनशील अंगमा लुकाएर लागुऔषधको तस्करी गर्दै आएको अनुसन्धानबाट फेला परेको जिल्ला प्रहरी कार्यालय-इनरुवाले  जनाएको हो । 

महिलाले भित्रीे चोलोमा कसेर भारतीय बजारबाट अवैधरुपमा लागुऔषध ल्याइरहेको छ भनी प्राप्त सूचनाको अधारमा ती महिलालाई पक्राउ गर्न सफल भएपछि लागुऔषध तस्कारीको नयाँ रहस्य खुलेको प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए । 

पुरुषले अण्डकोषमा लागुऔषधको तस्करी गरिरहेको बेला महिलाले पनि छातीमा लागुऔषध लुकाएर ओसारपसार गर्न थालेको पाइएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा धरान– ११ की चन्द्रकला रसाइली र धरान – ८ की बबिता मंग्राती रहेको र उनीहरुको साथबाट एभिल ४० एम्पुल, डाइजोपाम ४० एम्पुल, लुपी जेसिक ४० एम्पोल, एसपि २४ ट्याबलेट र नाइट्रोजन ५० ट्याबलेट सहितको लागुऔषध बरामत गरेको जनाएको छ । उनीहरुमथि लागुऔषध ऐन अन्तर्गत मुद्दा चलाएइने भएको छ । 

त्यसैगरी सुनसरी सदरमुकाम इनरुवा लौकही सडकखण्डबाट समेत लागुऔषधसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा कोशी गाउँपालिका– ३ बस्ने मनोजकुमार राउत र भारत अररिया बेलही– ७ बस्ने प्रमोदकुमार यादव रहेको प्रहरी प्रवक्ता नारायणप्रसाद चिमरियाले बताए । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री