शनिबार, ८ वैशाख २०८१

‘विकास निर्माणमा जनताले नेपाली सेना खोज्न थाले’ 

समयपोष्ट २०७४ असोज ८ गते १२:५४


रक्षामन्त्री भीमसेनदास प्रधानले नेपाली सेनालेमात्रै मुलुकको राष्ट्रिय संकटको समाधान गर्न सक्ने स्पष्ट पारेका छन् । उनले भने,‘मुलुकमा जब अप्ठ्याराहरु आउँछन्, जस्तो प्राकृतिक विपद्देखि भौतिक पूर्वाधार भनौं या विकास निर्माणका ठूला–ठूला परियोजनामा नेपाली सेनाले अत्यन्तै सबल रुपमा कामहरु समयमै सम्पन्न गरेको छ, पछिल्लो समय हामीले सेनालाई दुईवटा राष्ट्रिय गौरवको आयोजना जिम्मा लगाएका थियौं, सोही अनुसार काठमाडौं–तराई(नीजगढ) द्रुतमार्ग नेपाली सेनाले मात्रै निर्माण गर्न सक्छ, सेनाले काम सुरु गरिसकेको छ, समयभित्रै आयोजना सम्पन्न हुन्छ।’
आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री प्रधानले उक्त परियोजना अन्र्तगर्त अहिले ९९ वटा पुल निर्माण गर्नुपर्ने रहेको र ९ किलोमिटर टनेल बनाउनुपर्ने रहेको बताए । उनले थपे,‘पुल निर्माण त सहजै सम्पन्न हुन्छ, तर टनेल निर्माणको लागि चाहिने अत्यावाश्यक सामाग्रीहरु भारतबाट ल्याउने तयारी भैरहेको छ। ’
उनले भने,‘भारतबाट सामाग्री ल्याएर भएपनि नेपाली सेनाले आँफै टनेल निर्माणको काम सम्पन्न गर्छ, यो विषयमा सरकार गम्भिर भएर लागेको छ, सबैको विश्वास छ सेनाले समयमै काम सम्पन्न गर्छ,’‘सेनालाई चाहिने सामाग्रीहरुको कुनै अभाव हुँदैन, सेनाले गर्ने काम उसले गर्छ, हामीले गर्ने काम हामी आँफै गर्छौं’प्रधानले थपे। 
सेनालाई दिईएका जिम्मेवारीहरु उसले समयमै सम्पन्न गरेको उदाहरण पेश गर्दै मन्त्री प्रधानले भने,‘पछिल्लो समय नेपाली सेना जनताको मनमा बस्न सफल भएको छ, जनताले नै विकास निर्माणका काममा सेना आउनुपर्छ भन्ने गरेका छन्, उनीहरुको विश्वासको धरोहर सेना बनेको छ, यसको ज्वलन्त उदाहारण हो कर्णाली करिडोर अन्र्ततर्गको हुम्ला–सिमीकोट सडकको सुचारु हुनु हो।’ उनले उक्त सडकखण्ड अन्र्तगर्त एक सय ९६ कि.मि. दुई वर्षभित्रै सम्पन्न गर्ने विश्वास दिलाए । 
त्यस्तै कालिकोटको नरहरीनाथ गाउँपालिका जोड्ने पुल निर्माण गर्ने काम पनि सेनालाई नै दिनुपर्छ भन्ने माँग जनताले गरेको सुनाए । सोही अनुसार सेनालाई नै उक्त कामको जिम्मेवारी दिने मन्त्री प्रधानले विश्वास दिलाए ।  
प्राकृतिक विपद पर्दा होस् या अन्य राष्ट्रिय संकट नेपाली सेनाले अहोरात्र खटेर उद्धार तथा राहत गर्ने गरेको उनले सुनाए । प्रधानले थपे,‘चाहे जुरेमा पहिरो गएको बेला होस्, बाढी–पहिरो, भुकम्प लगायतका प्राकृतिक विपदको काममा सेनाबाहेक अरुले गर्न सक्दैनन् ।’ 
नेपाली सेनालाई विकास निर्माणको काममा मात्रै किन लगाईयो ? हो र ? भन्ने प्रश्नमा भने,‘सबै काम सेनाले गर्ने होईन, कामको प्रकृति हेरेर खासगरि राष्ट्रिय गौरवका आयोजनाहरुमा मात्रै सेनालाई जिम्मेवारी दिने गरिएको छ।’
त्यस्तै उनले फरक प्रसँगमा सेनाको आफ्नै विश्वविद्यालय खोल्नेबारे कुनै छलफल नै नभएको स्पष्ट पारे । उनले भने,‘यसबारेमा अहिले कुनै छलफल भएको छैन, यो हल्लामात्रै हो।’
त्यस्तै उनले भारत–चीनवीचको सिमा विवादमा सेनाले बोल्न नमिल्ने स्पष्ट पारे । उनले भने,‘सिमा विवादको विषय सेनाले हेर्ने होईन, यसबारेमा कुटनीतिक तवरले छलफल गर्नुपर्छ।’
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री