मंगलबार, ११ वैशाख २०८१

प्रुडेन्सियल र सिदार्थ इन्स्योरेन्सले लाभांश वितरण गर्ने

समयपोष्ट २०७४ असोज ८ गते ८:०२

दुई बिमा कम्पनी प्रुडेन्सियल र सिदार्थले लगानीकर्ताहरुलाई लाभांश वितरण गर्ने भएका छन् । कम्पनीले गत आर्थिक बर्षको नाफाबाट लगानीकर्तालाई २० / २० प्रतिशत लाभांश वितरण गर्ने भएका हुन् । 

Advertisement

प्रुडेन्सियलले २० प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर बराबरको रकम १.०५ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको हो भने सिद्धार्थले २० प्रतिशत बोनस सेयर र  कर प्रयोजनका लागि छुट्टै १.०५३ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको हो । 

प्रुडेन्सियलको हाल चुक्ता पूँजी ४२ करोड ७६ लाख ८० हजार रुपैयाँ रहेको छ बाेनस वितरणपछि कम्पनीकाे चुक्त्ता पूँजी ५१ कराेड ३२ लाख १६ हजार रूपैयाँ पुग्नेछ । त्यस्तै सिद्धार्थको चुक्ता पूँजी ५३ करोड ४५ लाख १७ हजार ५०० रुपैयाँ रहेको छ बाेनस वितरणपछि कम्पनीकाे चुक्त्ता पूँजी ६४ कराेड १४ लाख २१ हजार रूपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री