शुक्रबार, ७ वैशाख २०८१

पुरस्कारको रकम अनाथालय र अग्नीपीडितलाई

समयपोष्ट २०७४ असोज ७ गते १३:३४

प्रेस काउन्सील समावेसी पत्रकारिता पुरस्कारबाट पुरस्कृत डण्ड गुरुङले आफूले पुरस्कारबाट प्राप्त गरेको रकम अनाथालय र अग्नी पीडितलाई दिएका छन् । प्रेस काउन्सील नेपालको ४८औं वार्षिकोत्सवको अवसरमा पत्रकार गुरुङले सो पुरस्कारवापत १० हजार रुपैयाँ प्राप्त गरेका थिए ।

Advertisement

सो रकम काठमाडौंको मनमैजुस्थित एकीकृत सिर्जनशील समाज नेपालले सञ्चालन गरेको अनाथालयलाई ५ हजार रुपैयाँ र सिन्धुली गोलञ्जोर गाउँपालिका ४ तीनकन्याका अग्नीपीडित सनमान थिङलाई पाँच हजार रुपैयाँ दिएका हुन् ।

पत्रकार गुरुङले समाजसेवी उज्वलविक्रम थापाका साथमा एकीकृत सिर्जनशील समाजकै कार्यालयमा पुगेर समाजका आमा जुनु पुनलाई रकम हस्तान्तरण गरेका छन् । अग्नीपीडित सनमानलाई चाँडै नै रकम हस्तान्तरण गर्ने पत्रकार गुरुङले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री