मंगलबार, ११ वैशाख २०८१

राजविराज नगरपालिकाको मतगणना स्थगित

समयपोष्ट २०७४ असोज ७ गते ८:२९

सप्तरीको राजविराज नगरपालिकाको मतगणना गएरातिदेखि स्थगित भएको छ । 

Advertisement

राजविराज–१ को मतगणना सार्वजनिक गरेको मतपरिणम भन्दा कम मतपरिणाम भएको भन्दै दलहरुले विवाद उत्पन्न गरेपछि मतगणना स्थगित गरिएको जिल्लाका मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले जानकारी दिए । 

सो विवाद उत्पन्नपछि निर्वाचन कार्यालयले सूचना टाँस गरी अर्को सूचना नभएसम्मका लागि मतगणना स्थगित गरेको उनले बताए । 

राजविराजस्थित जिल्ला खेलकुद विकास समितिको हलमा अहिले कडा सुरक्षाकाबीच मतपेटिका राखिएको छ । 
यसैबीच जिल्ला निर्वाचन कार्यालयका प्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिबीच छलफल भइरहेको र छलफलमा सहमति भए आजैबाट मतगणना पुनःसञ्चालन गरिने जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । 

बोदेबसाइन नगरपालिकामा प्रमुख र उप–प्रमुखमा फोरम नेपाल विजयी 

सप्तरीको बोदेबसाइन नगरपालिकामा प्रमुख र उप–प्रमुख दुबैमा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ । 
फोरम नेपालका आतिश सिंह यादवले ४,५४७ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका अमरेन्द्र यादवले ३,२९८ मत प्राप्त गरे ।  

उपप्रमुखमा पनि फोरम नेपालकै रञ्जु साह निर्वाचित भईन्  । उनले ३,७२१ मत प्राप्त गरी राजपा नेपाललाई पराजित गरेकी छिन् । 

उनको निकटतम प्रतिद्वन्द्वी राजपाका उपप्रमुखमा रेणु साहले ३,६३७ मत मात्र प्राप्त गरेका थिए । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री