बुधबार, ५ वैशाख २०८१

संघीय गणतन्त्रका पक्षधर जो कसैसँग पनि तालमेल हुन सक्छ : प्रचण्ड

समयपोष्ट २०७४ असोज ४ गते ६:४७

 पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आसन्न प्रदेश र संघको निर्वाचनमा संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर जो कसैसँग पनि तालमेल हुन सक्ने बताएका छन ।
अगुवा पार्टी कार्यकर्तालाई प्रशिक्षण दिन बुधबार गोरखा आएका भएका अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलनमा बोल्दै भने, ‘ स्थानीय तहका तीनै चरणका निर्वाचनमा कांग्रेस, एमाले, मधेश केन्द्रित र साना दलसँग पनि तालमेल भएको छ । संघ र प्रदेशको निर्वाचनमा पनि एउटै दलसँग तालमेल गर्ने हाम्रो नीति छैन । संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर जो(कसैसँग पनि तालमेल हुन सक्छ, यसमा हामी खुल्ला छौं । ’
‘ निर्वाचनअघि सरकार फेरबदल हुँदैन, अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलनमा भने, ‘चुनाव यही सरकारले गराउँछ, निर्वाचनअघि सरकार फेरबदलको कुनै सम्भावना छैन, माओवादीका लागि सरकारभन्दा प्राथमिकतामा निर्वाचन छ ।’
राजनीतिक स्थीरताका लागि प्रत्यक्ष कार्यकारीको मुद्दा उठाइएको प्रचण्डले बताए  । उनले भने, ‘हामीले प्रत्यक्ष कार्यकारीको मुद्दा छोडेका थिएनौं, संविधानमा हाम्रो रिजर्भेसन थियो । संविधान बनेपछि पनि देशमा राजनीतिक स्थीरता भएन, तीन सरकार फेरिए । अब प्रत्यक्ष कार्यकारी प्रमूखको मुद्दा राजनीतिक दल र जनताको बीचमा लैजान्छौं । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमूखले मात्रै राजनीतिक स्थीरता दिन र देशलाई एकतावद्द गर्न सक्छ ।’
‘ वैद्यजी, विप्लवजी र बाबुरामजी पनि आउनु पर्छ, प्रचण्डले भने, ‘उहाँहरुले विभाजनको औचित्य पुष्टि गर्न सक्नु भएन, अब अल्मलिएर काम छैन । बाबुरामजी भर्खरै आउने देख्दिनँ । अहिलेको निर्वाचनमा नयाँ शक्तिसँग तालमेल गर्ने वा छोड्न सकिने अवस्था छैन । हाम्रो पार्टीका नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे लगायतका नेताहरु नै निर्वाचनमा प्रतिस्पर्धा गर्नु हुन्छ ।’
कार्यक्रममा नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, देव गुरुङ, हितराज पाण्डे, देवेन्द्र पौडेल लगायतको उपस्थित थियो । पत्रकार सम्मेलनपछि अध्यक्ष प्रचण्डले गोरखा जिल्लाका कार्यालय प्रमूखहरुसँग अन्तरक्रिया गरेका थिए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री