शुक्रबार, १४ वैशाख २०८१

दरबारमर्गमा १०० प्रतिशत नाफा राखेर सामान बिक्री

समयपोष्ट २०७४ असोज ४ गते ३:१९

दरबारमार्गका लत्ताकपडा व्यवसायीले एक सय प्रतिशतभन्दा बढी नाफा राखी बिक्री गर्दै आएको खुलासा भएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्त हित संरक्षण विभागले गरेको अनुगमन र व्यवसायीसँगको बयानको आधारमा सय प्रतिशतभन्दा बढी नाफा राख्ने गरेको खुलेको हो ।

Advertisement

विभागका शाखा अधिकृत तथा दरबारमार्गको विषयका अनुसन्धान अधिकृत रमेशकाजी श्रेष्ठका अनुसार,
 
-व्यवसायीले दिएको बयानको आधारमा प्रतिवेदन तयार पारेका छौं ।

-अनुसन्धानका क्रममा व्यवसायीले सय प्रतिशतभन्दा बढी मुनाफा लिएर बिक्री गरेको पाइएको छ ।

-व्यवसायीले भने कर्मचारी खर्च, भाडासहित गरेर ५ देखि २० प्रतिशत मात्रै नाफा राखेको दावी गरेका छन् ।

-कानुनी रुपमा २० प्रतिशतभन्दा बढी नाफा लिन नपाउने व्यवस्था भएकाले उनीहरुले सोही दाबी गरेका हुन् ।  कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री