बुधबार, १२ वैशाख २०८१

मोटरसाइकलबाट मतपेटिका

समयपोष्ट २०७४ असोज १ गते ३:०१

सर्लाही – जिल्लाका केही मतदान अधिकृतले लापरबाही तरिकाले मोटरसाइकलबाट मतपेटिका ओसारेका छन् । जिल्लाका केही केन्द्रलाई संवेदनशील  मतदानस्थल तोके पनि मतपत्र भने असुरक्षित तरिकाले लगेको भेटिएको छ ।

Advertisement

 ३ सय १८ मतदानस्थलमध्ये १ सय ४१ लाई अति संवेदनशील र १ सय ५१ लाई सवेदनशील मानेर सुरक्षा व्यवस्था मिलाइएको छ ।

मूख्य निर्वाचन अधिकृत सूर्यप्रसाद अधिकारले भने, -प्रहरी पछाडी बसेर बोक्ने गरी मोटरसाइकलमा मतपत्र सुरक्षित पठाइएको हो ।

-कसैले ढुवानी खर्च बचाउन छलेर आफैं लगेको भए भन्न सक्दिनँ । -सबैलाई प्रहरीको साथ लगाएर मात्र मतपत्र लग्न भनिएको छ ।

कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री