शनिबार, ८ वैशाख २०८१

ज्योति लाईफ इन्स्योरेन्सको दोश्रो वार्षिक साधारणसभा सम्पन्न

समयपोष्ट २०७६ असोज १२ गते २२:०६

Advertisement

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको दोश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०७६ आश्विन १२ गते सम्पन्न साधारणसभाले संचालक समितिको प्रतिवेदन, आ.व. ०७४/७५ को लेखा परीक्षण प्रतिवेदन, नाफा नोक्शान हिसाब, नगद प्रवाह विवरण पारित गर्दै आ.व. ०७५/७६ को लागि लेखापरिक्षक नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले सर्वसाधारणको लागि छुट्याइएको कुल जारी पुँजीको ३० प्रतिशतले हुने रु. ६६ करोड बराबरको साधारण शेयर जारी गर्ने विशेष प्रस्ताव सहित सम्पुर्ण प्रस्तावहरु सर्वसम्मतीले पारित गरेको जानकारी गराएको छ ।

कम्पनीले रु.१.४१ अर्ब कुल बिमा शुल्क आर्जन गरी रु.२.४० अर्ब जस मध्ये ८५ प्रतिशत उच्च प्रतिफलमुलक निक्षेपमा दिर्घकालिन लगानी गर्न सफल भएको छ ।

कम्पनीले रु.७२.८८ करोडको जीवन बिमा कोष स्थापना, ५७०० भन्दा बढी तालिम प्राप्त तथा दक्ष अभिकर्ताहरुको परिचालन, अन्य कम्पनीहरुले जारी नगरेका अलग्गै विशेषता भएका आकर्षक जीवन बिमा योजनाहरु जारी गर्न कम्पनी सफल भएको जनाएको छ ।

कम्पनीका कार्यकारी उपप्रमुख प्रकाश विक्रम खत्रीले पछिल्लो प्रगति विवरण जानकारी गराउने क्रममा कम्पनीले हालसम्म देशैभर १०३ शाखा÷उपशाखा बिस्तार गरेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री