शुक्रबार, ७ वैशाख २०८१

जापानीहरु मोटा नहुँनुको कारण यस्तो रहेछ

समयपोष्ट २०७४ भदौ ३० गते १०:३७

जापनीहरु संसारमै सबैभन्दा स्वस्थ र फिट मानिन्छन् । यसको पछाडीको मुल कारण भनेको उनीहरुको खानपाननै हो । एक रिसर्चका अनुसार अमेरिकीको ओबिसीटी रेट लगभग ३० प्रतिसत्  हुँदा जापानीहरुको ओबिसीटी रेट अमेरिकीको तुलनामा जम्मा ३ प्रतिसत् मात्र रहेको छ । जापानको एक चौथाई भन्दा पनि कम जनसंख्याले मोटोपनको निर्धारित मापदण्ड पार गर्ने गरेका छन् । 

Advertisement

जापानीहरु  प्रोसेस्ड फुड भन्दा बढी फ्रेस फुड खाने गर्दछन् । जसले अनावश्यक ओजन बढाउँने प्रिजर्वेटिव्स, केमिकल्स र अयलबाट जोगाउँछ । 

उनीहरुको डाईटमा बढी फाईबर र कम फ्याट हुनेगर्छ । जसले तौल घटाउन मद्दत गर्छ , विशेषत सि फुड उनीहरु रुचाउने गर्छन् । जसमा भएको ओ मेगा ३ फ्याट्टी एसिड स्वास्थको लागि निकै लाभदायक मानिन्छ ।  

जापानीहरु कम तेलमामा सानो आगो बनाएर विस्तारै पकाएको अथवा उसिनेको खाना बढी रुचाउछन् । जसले गर्दा खानाको न्युट्रिसन जस्ताको तस्तै रहन्छ भने वजन पनि कन्ट्रोल गर्न मद्त गर्छ । 

उनीहरु एक दिनमा थोरै थोरै गरेर खाईनै रहन्छन् । जसले मेटाबोलिजम र डाईजेशन राम्रो बनाउछ भने फ्याट र क्यालोरी छिटो बर्न गर्न मद्दत गर्छ । 

जापानमा भोग लागेको भन्दा ८० प्रतिसत् कम खाने परम्परा छ । उनीहरु चियामा ग्रिन टि पिउने गर्छन । 

खाना खादा सधै सानो प्लेट प्रयोग गर्दै विस्तारै खानेगर्छन । उनीहरु रिफाईण्ड फुट र गुलियो खासै रुचाउदैन् । 

उनीहरु हेभि तथा हेल्दी ब्रेकफाष्ट लिने गर्छन् । जसले गर्दा दिनभरी भोक कम लाग्ने र शरीरमा इनर्जि प्राप्त  भैनैरहन्छ । उनीहरु आरामले बसेर विस्तारै खाना खाने गर्छन । 
एजेन्सी
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री