बिहीबार, १३ वैशाख २०८१

नेप्से परिसूचक १५ सय अंक मुनी झर्यो,कारोबार रकममा भने सामान्य सुधार

समयपोष्ट २०७४ भदौ २८ गते १३:४९

 नेपालको सेयर बजार बुधबार पनि ९ अंकले घटेको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको बजार आज पनि घटेपछि १४९३.२० अंकमा बजार झरेको छ । 
एक सय ६० कम्पनीको १२ लाख ७७ हजार ५ सय ५४ कित्ता सेयर किनवेच भएको आज ६३ करोड ६९ लाख ८९ हजार ७१ रुपैयाँको कारोवार भएको छ । आज बैंकिङ, विकास बैंक, उत्पादनमुलक र ‘अन्य’ समूहको सूचक घटेका छन् भने होटल, जलविद्युत, फाइनान्स, र बीमा समूहको सूचक बढेका छन् । 

Advertisement

आज बैकिङ समूहको सूचक ११.२६ अंकले घटेको छ भने विकास बैंक समूहको सूचक २४.०५, उत्पादनमुलक समूहको सूचक २२.६३ र अन्य समुहको सूचक ६.०८ अंकले घटेका छन् ।

यस्तै, होटल समूहको सूचक १०.७४, जलविद्युत समूहको सूचक १२.४७, फाइनान्स समुहको सूचक ९.७१ र बीमा समूहको सूचक ८.९१ अंकले घटेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री