शनिबार, ८ वैशाख २०८१

ग्लोबल आईएमइ बैंकले प्रस्ताव गर्यो २० प्रतिशत लाभांश

समयपोष्ट २०७४ भदौ २८ गते ९:१९

ग्लोबल आईएमई बैंकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई २ण् प्रतिशत लाभांस बितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको भदौ २८ गते बसेको २७९ औं बैठकले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृती पश्चात बैंकको ११ औं बार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ । बोनस पश्चात बैंकको चुक्ता पूँजी आठ अर्ब ८८ करोड ८३ लाख पुग्नेछ ।  बैंकले गत आर्थिक बर्षमा दुई अर्ब तीन करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २५ रुपैयाँ २२ पैसा कायम गरेको थियो ।
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री