शनिबार, ८ वैशाख २०८१

मधेशका जनताले फेरी हामीलाई  विश्वास गरेका छन,अब  मधेशको विकासमा लाग्छौ  : प्रचण्ड

समयपोष्ट २०७४ भदौ २८ गते ८:२७

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ऐतिहासिक नगर राजबिराजको मुहार फेर्न बिशेष पहलको आवश्यकता रहेको बताएका छन। नेपाल पत्रकार महासंघले राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एतिहासिक शहरको अवस्था देखेर आफु दुखित भएको बताए । 

Advertisement

‘राजबिराज आफ़नो राजनीतिक, सांस्कृतिक र ऐतिहासिक कारणले प्रसिद्द छ तर आज बिहान १ घण्टा शहरमा निस्किदा यहाँको अवस्था देखेर चिन्ता लाग्यो ।’ अध्यक्ष प्रचण्डले भने, ‘ यो शहरलाई सुन्दर र विकशित शहर बनाउन तपाई हामी लाग्नु ज़रूरी छ ।’ अध्यक्ष प्रचण्डले राजविराजलाई नया र विकसित शहर बनाऊन सरकारबाट बिशेस प्याकेज कार्यक्रम आवश्यक रहेको बताए।

‘सरकारले नै यसको पुनर्निर्माणका लागि प्याकेजमा योजना ल्याऊनु पर्छ । म यसका लागि पहल गरछु ।’कार्यक्रममा अध्यक्ष प्रचण्डले मधेशमा माओवादीप्रति जनलहर देखिएको बताए। उनले भने, ‘मधेशका जनताले फेरी हामिलाइ विश्वास गरेका छन । अब हामी मधेशको विकासमा लागछौ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री