शुक्रबार, १६ चैत २०८०

तेलुगु फिल्ममा डेब्यु गर्दै परमिता

समयपोष्ट २०७६ भदौ ३१ गते १४:४१

Advertisement

अभिनेत्री परमिता राज्य लक्ष्मी राणा तेलुगू फिल्म इन्डस्ट्रि अथार्त टलिउड प्रवेश गर्ने भएकी छिन् ।

तेलुगू फिल्मका एक्सन सुपरस्टार गोपीचन्दको प्रमुख भूमिका रहने अनटाइटल प्रोजेक्टमा परमिताले मुख्य भूमिका निर्वाह गर्ने बताइएको छ ।

उक्त चलचित्रको शुक्रबार हैदरावादको एक मन्दिरमा शुभमुहूर्त गरिएको छ । यही फिल्मबाट बिनु सुब्रह्मण्यमले निर्देशनमा डेब्यू गर्दैछन् ।

बिग बजेटको सिनेमालाई विभिएसएन प्रसादले निर्माण गर्दैछन् । अर्को वर्षको जुनबाट फिल्मको नियमित छायाँकन सुरु हुनेछ । एक्सन–थ्रिलर जनरामा निर्माण हुने सिनेमामा मणि शर्माले संगीत भर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री