शुक्रबार, १६ चैत २०८०

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग हस्तान्तरण

समयपोष्ट २०७६ भदौ ३० गते १४:४८

Advertisement

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ललितपुर महानगरपालिका वडा नं. ७ ग्वार्कोमा सन्चालित क्वयष्ट इनटर्नेशनल कलेज अन्तगर्तको क्वयष्ट सोसल क्लवका बिधार्थीहरुलाई वित्तीय सहयोग प्रदान गरेको छ ।

बैंकको सहकार्यमा क्वयष्ट क्लवका बिधार्थीहरुले मंगलबार मंगलबजार, ग्वार्को र इमाडोलमा सरसफाइ क्रार्यक्रम ,कलेज प्राङ्गणमा रक्तदान क्रार्यक्रम, दाँत तथा आँखाको निःशुल्क जाँच साथै अनाथ बालबालिका तथा असहाय महिलाहरुको लागि बनेको संस्था नेपाल स्नेहिकाखलाई आवश्यक समाग्री सहयोग प्रदान गरेको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ८७ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री