शुक्रबार, ७ वैशाख २०८१

बीमा संस्थानको अभिकर्ता छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न

समयपोष्ट २०७६ भदौ ३० गते १३:२१

Advertisement

राष्ट्रिय बीमा संस्थानले पोखरामा जीवन बीमा अभिकर्ता छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थानले आइतबार पोखरा क्षेत्रबाट कार्यरत सक्रिय अभिकर्ता तथा संस्थानका कर्मचारीबीच छलफल तथा अन्र्तक्रिया गरेको हो ।

अभिकर्ताहरुसंगको सम्बन्ध थप निकट राख्न तथा त्यस क्षेत्रमा रहेको बीमा बजारको बारेमा जानकारी हाँसिल गर्न उक्त कार्यक्रमको आयोजना गरिएको संस्थानले जनाएको छ ।

कार्यक्रममा अभिकर्ताहरुको परिमार्जित सेवा सुविधाबारे समेत जानकारी गराइएको थियो । उक्त कार्यक्रममा संस्थानले गर्नुपर्ने कार्यहरुसम्बन्धि अभिकर्ताहरुबाट सुझाव संकलन गरिएको थियो भने नयाँ बीमा लेख र बजार नीति तयार गर्नका लागि आवश्यक सुचना लिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री