बिहीबार, ६ वैशाख २०८१

यसकारण जेठी युवतीलाई डेट गर्थे निक,प्रियंका अघि यी नायिकासँग थियो अफेयर

समयपोष्ट २०७६ भदौ ३० गते ११:२४

Advertisement

बलिउड अभिनेत्री प्रियंका चोपडाका पति तथा हलिउड गायक निक जोनस आजबाट २७ बर्षमा टेकेका छन् । निक जोनस र प्रियंका चोपडाको सन् २०१८ डिसेम्बरमा विवाह भएको थियो । प्रियंकाअघि निक जोनसले आफैभन्दा जेठा अन्य नायिकालाई डेट गरिसकेका छन् । निकले एक च्याट शोमा यस्तो गर्नुको कारण पनि बताएका थिए ।

निक जोनसले सन् २०१३ मा एक च्याट शोमा अहिलेसम्म जति पनि युवतीलाई उनले डेट गरे तीमध्ये सबैभन्दा जेठी ३५ वर्षकी महिला भएको जानकारी दिए ।

निकले यस्तो गर्नुको कारणबारे खुलासा गर्दै भने, ‘किनभने उनीहरुलाई के चाहिन्छ त्यो उनीहरुलाई राम्रोसँग थाहा हुन्छ ।’

निकले ५५ वर्षकी नायिका डेमी मुर्सलाई डेट गरिसकेका छन् । रिपोर्टका अनुसार यी दुईको डेमीकी छोरी रुमर मिल्समार्फत् भएको थियो । यसबाहेक निक आफूभन्दा सात वर्ष जेठा अष्ट्रेलियन नायिका डेल्टा गुडरेम (३३ वर्ष) र १३ वर्ष जेठी केट हड्सन (३८ वर्ष)लाई पनि डेट गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री