शनिबार, ८ वैशाख २०८१

सोनालीलाई अंगालो हालेर प्रिमियरमै रोइन् प्रियंका (भिडियो)

समयपोष्ट २०७६ भदौ ३० गते १०:०६

Advertisement

 

१३ वर्षीया मोटिभेशनल स्पिकर आयशा चौधरीको जीवनीमा आधारित फिल्म द स्काई इज पिंक भारतमा अक्टोबर ११ मा रिलिज हुँदैछ ।

यही फिल्म मार्फत अभिनेत्री प्रियंका चोपडा बलिउडमा ब्याक भएकी छिन् । प्रियंकाले फिल्मको मज्जाले प्रोमोशन गरिरहेकी छिन् ।

हालै टोरोन्टो फिल्म फेस्टिबलमा द स्काई इज पिंकको पहिलो प्रिमियर राखियो । यतिबेला प्रियंका चोपडासँग फरहान अख्तर र निर्देशक सोनाली बोस पनि उपस्थित थिए । प्रिमियरको क्रममा प्रियंका निकै भावुक भइन् ।

वास्तवमा द स्काई इज पिंक हेरेपछि प्रिमियरमा उपस्थित सबैले फिल्मको अत्यधिक तारिफ गरे । यस्तोमा फिल्मकी निर्देशक सोनाली बोसले फिल्मका स्टारकास्टलाई अँगालो हालेर बधाई दिइन् । यतिबेला प्रियंका चोपडा भावुक भइन् । जब सोनालीले प्रियंकालाई अँगालो हालिन् तब उनीहरुले लामो समयसम्म एकअर्कालाई अँगालो हालिरहे । पछि जब सोनाली अलग्गिइन् तब प्रियंकाले आफ्नो आँशु पुछिरहेको देखिइन् ।’

फरहान र प्रियंकाले यो फिल्ममा आयशाका अभिभावकको भूमिका निभाइरहेका छन् । प्रियंका चोपडा फिल्म द स्काई इज पिंककी निर्मात्री पनि हुन् । यो फिल्म भारतसहित २५ देशमा रिलिज हुनेछ ।

टक शोजमार्फत् चर्चा पाएकी आयशा इम्युन डिफिसिएन्सी डिस्अर्डरबाट ग्रस्त थिइन् ।उनको सन् २०१५ मा निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री