शुक्रबार, १४ वैशाख २०८१

भाडामा बस्नेसंग बढी शुल्क नलिन प्राधिकरणको चेतावनी

समयपोष्ट २०७६ भदौ २९ गते १६:४०

Advertisement

नेपाल विद्युत प्राधिकरणले घर भाडामा बस्नेसंग बिद्युत शुल्कबापत लाग्ने रकम बढी नउठाउँन चेतावनी दिएको छ ।

आइतबार प्राधिकरणको विगत तीन बर्षको उपलब्धि र भावी कार्ययोजनाका बारेमा गरिएको पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले घरबेटीलाई विद्युतको ब्यापार नगर्न आग्रह गरे ।

उनले भने, ‘घरबेटीले विद्युतको व्यापार गर्न पाउँदैनन्। त्यस्तो भएको अवस्थामा प्राधिकरणले हस्तक्षेप गर्न सक्छ । १३ रुपैयाँ युनिट तिरेर २० रुपैयाँ लिन पाउँदैनन् ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री