बिहीबार, १३ वैशाख २०८१

बर्दिबास र जलेश्वर मालपोतमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

समयपोष्ट २०७६ भदौ २९ गते १२:३३

Advertisement

प्रभु बैंकले महोत्तरी जिल्लाको बर्दिबास मालपोत कार्यालय र जलेश्वर मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ ।

बर्दिबास मालपोत कार्यालय परिसर एक्स्टेन्सन काउण्टरको बर्दिबास मालपोत कार्यालयका कार्यालय प्रमुख कोमल रन्जन बरालले समुद्धघाटन गरे । यसैगरी जलेश्वरस्थित मालपोत कार्यालय परिसरको जलेश्वर मालपोत कार्यालय प्रमुख भुप बहादुर बोगटी र कोष तथा लेखा नियन्त्रण कार्यालयका निमित्त कार्यालय प्रमुख युवराज राईले संयुक्त रुपमा समुद्घाट्न गरे ।

यससंगै बर्दिबास मालपोत कार्यालयर जलेश्वर मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रहेको सम्बन्धित मालपोत कार्यालयको खातामा राजश्व रकम जम्मा गरी सरल र सहज रुपमा मालपोत कार्यालयको काम गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री