बिहीबार, १३ वैशाख २०८१

मकिनो अटोमोटिभ्सको डिलर मिट सम्पन्न

समयपोष्ट २०७६ भदौ २९ गते ११:१६

Advertisement

मकिनो अटोमोटिभ्सको डिलर मिट सम्पन्न भएको छ । कम्पनीको डिलर मिट शनिबार होटल हिमालयमा सम्पन्न भएको हो ।

कार्यक्रममा मकिनो अटोमोटिभ्सका भाइस प्रेसिडेन्ट प्रविण बजाजले मकिनोले विगत २५ वर्ष यता मकिनोका विभिन्न पार्ट्सले बजारमा लोकप्रियता कमाइरहेको बताए । उनले सबै ब्रान्डका गाडी वा बाइकमा सो कम्पनीका उत्पादन ओरिजिनल इक्विपमेन्टका रुपमा प्रयोग भएको जानकारी दिए ।

आगामी दिनमा मकिनोले जापानको आरके चेनसँग मिलेर नयाँ प्रविधिको चेन समेत उपलब्ध गराउने योजना बनाएको उनले बताए ।

मकिनो अटोमोटिभ्सका सिनियर एक्सपोर्ट म्यानेजर अमन कोहलीले मकिनोका विभिन्न उत्पादनमा प्रयोग गरिएको प्रविधिको वारेमा जानकारी गराउदै ग्राहकको माग बमोजिम यसमा अझै सुधार गर्न सकिने बताए ।

नेपालमा मकिनोका विभिन्न पार्ट्सको आधिकारिक वितरक सत्यदीप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दीपेन्द्र मिश्र र मार्केटिङ डाइरेक्टर सञ्जिव सिंह हमालले नेपाली ग्राहकलाई उपलब्ध गराइरहेका विभिन्न पार्ट्सको वारेमा जानकारी गराउदै आगामी दिनमा अझै गुणस्तरीय पार्ट्स उपलब्ध गराउनका लागि प्रयत्नरत रहने बताए ।

उनीहरुले यसमा उपलब्ध गराइएको विभिन्न प्रकारको स्किमको वारेमा समेत जानकारी गराए ।सत्यदीप इन्टरनेसनलले सवारी साधनमा प्रयोग गरिने मकिनोका क्लच प्लेट र ब्रेक एसेम्बली उपलब्ध गराइरहेको छ । नेपाली बजारमा मकिनोका पेपर क्लच, क्लच एसेम्बली, ब्रेक शु, ब्रेक प्याड आदि लोकप्रिय रहेका छन् ।

सत्यदीप इन्टरनेसनलले ४ वर्ष देखि नेपाली बजारमा मकिनोका पार्ट्सको आधिकारिक वितरकको रुपमा कार्य गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री