शुक्रबार, १६ चैत २०८०

माछापुच्छ्रे बैंकको कार्ड प्रयोग गरी सामान खरीद गर्दा शुल्क नलाग्ने

समयपोष्ट २०७६ भदौ २७ गते ११:११

Advertisement

माछापुच्छ्रे बैंकले विभिन्न अनलाईनमार्फत सामानहरु खरिद गरि बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिपेड कार्ड प्रयोग गरेर सामान वा सेवा खरीद गर्दा अव कुनैपनि शुल्क नलाग्ने सुविधा ल्याएको छ ।

अनलाईन शपिङ्गमा ग्राहकहरुको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै बैंकले उक्त सुविधा ल्याएको हो ।

बैंकको भिसा कार्ड प्रयोग गरी दराज, किराना पसल, इ–सेवा पसल लगायतका अन्य थुपै अनलाईनहरु मार्फत सपिङ्ग गर्दा उक्त सुविधा प्राप्त गर्न सक्नेछन् ।

यसैगरी बैंकको अन्तराष्ट्रिय भिसा कार्ड प्रयोग गरी होटल बुकिङ्ग गर्दा समेत शुल्क लाग्ने छैन ।
बैंकका कार्ड प्रयोगकर्ताहरुलाई आफ्नो कार्डमा यो सुविधा थप्न नजिकको शाखा कार्यालयमा सम्पर्क राख्न वा बैंकको कल सेन्टरमा सम्पर्क गर्न बैंकले आव्हान समेत गरेको छ ।

यस सम्बन्धी थप जानकारी बैंकको वेबसाइटमा समेत उपलब्ध रहेको छ ।
बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १३६ वटा शाखाहरु, १२१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २५७ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १५९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री