बिहीबार, १३ वैशाख २०८१

“टिभिएस दशैंको दौड” : निःशुल्क सहभागी बन्न पाइने,बिजेतालाई ५० हजार नगद

समयपोष्ट २०७६ भदौ २७ गते १०:५५

Advertisement

दशैंको अवसर पारेर नेपालको लागि टिभिएस टू–ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले उपभोक्ता प्रवद्र्धन योजना “टिभिएस दशैंको दौड” को आरम्भ गरेको छ ।

कम्पनीका अनुसार दौडमा टिभिएस शोरुममा नगइकनै वा टिभिएस बाइक नकिनेर पनि निःशुल्क सहभागी बन्न पाइने छ । कम्पनीले भाद्र २८ गते शनिबार काठमाडौंमा पहिलो पटक “टिभिएस दशैंको दौड” अन्तर्गतको म्याराथन दौडको आयोजना गर्ने जनाएको छ।

दौड विहान ७ बजेदेखि शुरु हुने छ । दौडको विषयमा प्रकाश पार्दै कम्पनीका उपाध्यक्ष दीपक अग्रवालले भने “दशैंको चहलपहलले हामीलाई छोइसकेको छ ।

यो रमाइलो चहलपहललाई अझ रमाइलो बनाउन हामीले हाम्रा ग्राहकहरु समक्ष ल्याएको “टिभिएस दशैंको दौड” प्रति उपभोक्ताहरुले जुन उत्साहजनक रुची दर्शाउनु भएको छ, त्यसबाट हामी अत्यन्त प्रभावित भएका छौं ।

यसै योजना मातहतको एक रमाइलो दौडलाई हामीले स्वास्थ्यका लागि रमाइलो दौड भन्ने नाराका साथ आयोजना गर्न गैरहेका छौं । हामीलाई विश्वास छ आफ्नो स्वास्थ्यप्रति सजग महानुभावहरुले यो दौडमा सहभागीता जनाउनु भई बडा दशैंको स्वागतमा रमाउनु हुनेछ ।”

रमाइलो दौड नक्साल बाल मन्दिरबाट शुरु भई सिटी सेन्टर, कमलादी, पुतलीसडक, भृकुटी मण्डप, भद्रकाली, माइतीघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, दरबारमार्ग, नागपोखरी हुँदै टिभिएस शोरुम नक्सालमा पुगी समापन हुनेछ ।

सबै उमेर सबै समुहका व्यक्तिहरुले भाग लिन सक्ने यो खुला रमाइलो दौडमा सहभागी हुने सबैजनालाई स्योर सट छुट स्वरुप रु.१,०००÷प्रदान गरिनेछ भनें विजेताहरु मध्ये प्रथम हुनेलाई रु.५०,०००÷ त्यस्तै द्वितीय स्थानमा आउनेलाई रु.२५,०००÷ र तृतीय स्थानमा रहनेलाई रु.१५,०००÷ नगद पुरस्कार प्रदान गरिनेछ ।

काठमाडौंमा आयोजना गरिन लागेको रमाइलो दौडमा सहभागी बन्न चाहनेले नक्साल, कुमारीपाटी र टेकूमा रहेको टिभिएस शोरुमहरुमा आफै गई वा jf https://tvsmotors.com.np/dashain मा गई अनलाइन मार्फत् वा दौड शुरु हुने दिन नक्साल बाल मन्दिरमै विहान ६ बजे उपस्थित भएर पनि आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री