शुक्रबार, १४ वैशाख २०८१

सुदूरपश्चिमको गन्याप मेलाको छुट्टै रौनक

rss २०७६ भदौ २६ गते १८:०१

Advertisement

सुदूरपश्चिम प्रदेशको शक्तिशाली देवता गन्याप मेला आज लागिरहेको छ । डडेल्धुरा गन्यापधुरा गाउँपालिका–४ मा रहेको गन्याप देवता गणेशले आफ्नो रूप प्रकट गरेको मानवबस्ती गन्यापधुरा–४ रुमायल गाउँबाट उनको डोली सजाएर महाभारत शृङ्खला शिखरतिर गएको किंवदन्ती रहेको छ ।

यस क्षेमा स–साना गरी १२ वटा ताल रहेको गाउँपालिका–४ का वडाध्यक्ष चेतराज भट्टले बताउनुभयो । गन्याप देवताको पूजा आराधनाका साथै देवताका विभिन्न सांस्कृतिक कार्यक्रमका साथ मनाउने गरिन्छ । मेलाको अवसरमा उक्त क्षेत्रमा माछा, मासु र मदिरा पूर्णरूपमा बन्द गरिएको लाटा गन्याप भूमिदेउली क्षेत्र विकास समितिले जनाएको छ ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रमणीय पर्यटकीय स्थानमा पर्ने गन्याप देवताको प्रसिद्ध शिखर छ । हरेक वर्ष भाद्र शुक्ल त्रयोदशीका दिन यस क्षेत्रमा मेला लाग्ने गर्दछ । मेला भर्नका लागि सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रबाट भक्तजन व्रत उपासना गरेर आशिर्वाद माग्दै आउने गरेको लाटा गन्याप भूमिदेउली क्षेत्र विकास समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री