बिहीबार, १३ वैशाख २०८१

भायनेटको दशै-तिहार अफर : इन्टरनेट र टि.भि.का ग्राहकलाई टि भि उपहार

समयपोष्ट २०७६ भदौ २६ गते १४:३९

Advertisement

नेपालकै पहिलो सेवा प्रदायक भायनेट कम्युनिकेसन्स्ले दशै र तिहारलाई लक्षित गर्दै “भायनेट दशै तिहार टि भिको उपहार” नामक नयाँ अफर सार्वजनिक गरेको छ ।

अफर अन्तर्गत भायनेटका ग्राहकहरुले अतिरिक्त स्पिडको इन्टरनेट र २३० भन्दा बढी च्यानल भएको NETTV को साथ SKYWORTH को ३२ र ४० इन्च टि.भि भारी छुटमा प्राप्त गर्न सक्ने कम्पनीले बिहीबार जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

कम्पनीका अनुसार इन्टरनेट र टि.भि.का ग्राहकबन्ने सम्पूर्ण ग्राहकहरुले ३२ र ४० इन्चको SKYWORTH एलईडी टि.भि घरमै लैजान सक्नेछन् ।

वार्षिक रु २५,९९० प्लस भ्याटको मुल्यमा ग्राहकहरुले ५० एम बि पि एस स्पिडको इन्टरनेट र २३० भन्दा बढी च्यानल भएकोे NETTV को साथ SKYWORTH को ३२ इन्च टि.भि घरमै लैजान सक्नेछन् ।

यस्तै कम्पनीले ग्राहकको सुविधालाई मध्यनजर गर्दै SKYWORTH को ४० इन्च टि.भि र इन्टरनेटको Combo Pack पनि ल्याएको छ ।

वार्षिक रु ३४,५४५ प्लस भ्याट को मुल्यमा ग्राहकहरुले ५० एम बि पि एस स्पिडको इन्टरनेट र २३० भन्दा बडी च्यानल भएकोे NETTV को साथ SKYWORTHको ४० इन्च टि.भि घरमै लैजान सक्ने र प्रथम २०० जना ग्राहकहरुले थप रु १४७५ को छुट पाउने कम्पनीले जनाएको छ।

विगत १९ वर्षदेखि भायनेट कम्युनिकेसन्स्ले भरपर्दो र राम्रो मूल्यमाब्रोडब्यान्ड इन्टरनेट सर्भिस प्रदानगर्नमा सधैं अगाडी रहिआएको छ । आफ्नो सेवालाई काठमाडौं बाहिर विस्तार गर्दै भायनेटले हालबिराटजगर, ईटहरी, बीरगंज, हेटौडा, टाँडी, नारायणगढ, बुटवल, भैरहवा, धनगढी, धधेलधुरा, बनेपामा समेत ग्राहकहरुलाई आफ्नो इन्टरनेट र टि.भिसेवा सुचारु गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री