शुक्रबार, १६ चैत २०८०

सामुदायिक विद्यालयका विद्यार्थीको आँखा परीक्षण

rss २०७६ भदौ २५ गते १५:०४

Advertisement

बिपी नेत्र प्रतिष्ठानले प्रदेश नं ३ अन्तर्गत छ जिल्लाका सामुदायिक विद्यालयमा आँखा परीक्षण अभियान शुरु गरेको छ । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेपलाञ्चोक, धादिङ र मकवानपुरमा सो अभियान शुरु भइसकेको प्रतिष्ठानका तालिम संयोजक राम केसीले जानकारी दिनुभयो । अभियानअन्तर्गत अभिमुखीकरण कार्यक्रम शुरु गरिएको र यसपछि जिल्ला जिल्लामा विद्यालय छनोट गरी आँखा परीक्षण शुरु गरिने उहाँले जानकारी दिनुभयो ।

यसअघि बाँके, बर्दिया, सुर्खेत र जाजरकोटमा यो अभियान सञ्चालन भइसकेको र नमूना परीक्षणका क्रममा २० देखि २५ प्रतिशत विद्यार्थीमा दृष्टिदोष देखिएको र यस्ता समस्याका कारण विद्यार्थीको पढाइसमेत कमजोर हुने जनाइएको छ ।अभियानमा जुनियर तथा युवा रेडक्रस सर्कल गठन भएका एक जिल्लाका २० विद्यालयमा प्रति विद्यालय २०० का दरले जम्मा १२० विद्यालयका करीब २४ हजार विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरी चश्मा वितरण गरिने भएको छ । विद्यालय छनोट गर्दा छात्रा बढी भएका र कम्तीमा २०० विद्यार्थी भएका सामुदायिक माविलाई प्राथमिकता दिइने भएको छ । रेडक्रसका केन्द्रीय सदस्य तथा भक्तपुर शाखा सभापति मनोज थापाले परियोजनाअन्तर्गत नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा निःशुल्क चश्मा वितरण गरिने जानकारी दिनुभयो

प्रतिक्रिया

सम्बन्धित सामाग्री