शुक्रबार, ७ वैशाख २०८१

डा.भट्टराई भन्छन् : चीनबाट रेल आउँदैन,अब सडकलाई प्राथमिकता दिउँ

समयपोष्ट २०७६ भदौ २५ गते ११:३६

Advertisement

पूर्व-प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालको अहिलेको आवश्यकता रेल भन्दा बढी सडक भएको बताएका छन् ।

बुधबारबाट राजधानीमा शुरु भएको पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै डा. भट्टराईले भारत र चिनको बीचमा भर्याङजस्तो भएर नेपाल ठडिएकाले पहिलो प्राथमिकता सडकलाई दिनु पर्ने बताए । उनले ७५३ वटै स्थानीय तहलाई सडकले जोड्नु पर्ने बताए।

डा. भट्टराईले भने,‘हामीलाई सडक चाहिएको छ, सडक सरकारले बनाउनु पर्यो ।’

डा. भट्टराईले सरकारलाई कोशी, गण्डकी र कर्णाली करिडोरबाट भारत र चिनलाई जोड्ने सडक बनाउन पनि सुझाब दिए। उनले काठमाडौंले अब जनसंख्या नधान्ने भन्दै काठमाडौं र मधेसलाई जोड्न सुझाब दिए।

कार्यक्रममा डा.भट्टराईले चीनले नेपालमा रेल नबनाउने समेत ठोकुवा गरे । उनले भने,‘चीनले नेपालमा रेल बनाउँदैन । ठुला शक्तिले अब दान दिदैँनन् । हिजो ३५ करोड आयो । चीनबाट रेल आउँदैन त्यसमा हामी प्रस्ट हुनुपर्यो,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री