मंगलबार, ११ वैशाख २०८१

मेटलाईफद्धारा पुनर्जागरण अभियान सञ्चालन : बक्यौता बीमाशु्ल्कमा लाग्ने विलम्ब शु्ल्कमा छुट

समयपोष्ट २०७६ भदौ २३ गते १७:१२


मेटलाईफ नेपालले आफ्ना बीमितहरुका लागि पुनर्जागरण अभियान सञ्चालन गरेको छ । यस अभियानसंगै कम्पनीले व्यतित बीमालेखहरुको बक्यौता बीमाशु्ल्कमा लाग्ने विलम्ब शु्ल्कमा ५० प्रतिसतदेखि १०० प्रतिसतसम्म छुट प्रदान गरेको छ ।

Advertisement

भदौं २४ देखी सिमित अवधीको लागि सञ्चालन हुने सो अभियानको अवधिभर बीमितहरुले आफनो व्यतित जीवन बीमालेखहरुलाई पुनर्जागरण गर्दा विलम्ब शु्ल्कमा ५० प्रतिसतदेखि १०० प्रतिसतसम्म छुट प्राप्त गरी जीवन बीमालाई निरन्तरता दिन सक्ने कम्पनीले जनाएको छ ।

व्यतित अवधि ५ वर्षभित्रका व्यतित बीमालेखहरुको हकमा कुनै पनि विलम्ब शुल्क लाग्ने छैन । व्यतित अवधि ५ वर्षभन्दा बढी भएको व्यतित बीमालेखमा विलम्ब शुल्कमा ५० प्रतिसत छुट हुनेछ ।

कम्पनीले तिन किस्ते भुक्तानी, इण्डोमेन्ट, शिक्षा संरक्षण र सुभविष्य बीमा आजिवन आयमा विलम्ब शुल्क छुट दिएको छ ।

महाप्रबन्धक निर्मल काजी श्रेष्ठ

 

यो अभियान मेटलाईफको ग्राहकलाई व्यतित बीमालेख पुर्नजागरण गरी आफनो र आफनो परिवारलार्ई सुरक्षित राख्न सहयोग गर्नेछ ।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठ भन्छन् – “यो अभियान मेटलाईफको ग्राहकलाई व्यतित बीमालेख पुर्नजागरण गरी आफनो र आफनो परिवारलार्ई सुरक्षित राख्न सहयोग गर्नेछ । यसका साथै हामीले पुर्नजागरण प्रक्रियालाई सरलीकृत पनि गरेको छ । ”

प्रतिक्रिया

सम्बन्धित सामाग्री