बुधबार, १२ वैशाख २०८१

संस्थागत विद्यालयतर्फ राष्ट्रकै उत्कृष्ट विद्यालय बन्यो रिलायन्स

समयपोष्ट २०७६ भदौ २३ गते १४:३५

Advertisement

यस बर्षको उत्कृष्ट विद्यायल सम्मानबाट चावहिलको रिलायन्स इन्टरनेसनल एकेडेमी विभूषित भएको छ ।

४० औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजित समारोहमा सरकारले रिलायन्स इन्टरनेसनल एकेडेमीलाई उत्कृष्ट विद्यालय सम्मानद्वारा विभूषित गरेको हो ।

सरकारका तर्फबाट उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले एकेडेमीका प्रिन्सिपललाई शिल्ड, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरे ।

सामुदायिक र संस्थागत विधामा माध्यमिक शिक्षा परीक्षा र उच्च माध्यमिक तहको परीक्षाको नतिजा लगायतका विषयलाई मुख्य आधार बनाई गरिएको मूल्यांकनमा संस्थागत माध्यमिक विद्यालयतर्फ रिलायन्स इन्टरनेसनल एकेडेमीले प्रथम स्थान हासिल गरेको थियो । साथै सोही दिन प्रदेश नं. ३ को राजधानी हेटौँडास्थित सामाजिक विकास मन्त्रालयमा आयोजित समारोहमा प्रदेशकै तर्फबाट सर्वोत्कृष्ट विद्यालय छनौट भई प्रदेश सभाका सभामुखसानु कुमार श्रेष्ठ र सामान्य विकास मन्त्री युवराज दुलालको हातबाट विद्यालयले प्रमाणपत्र एवम् नगद पुरस्कार प्राप्त गरेको थियो ।

काठमाडौँ बुढानीलकण्ठ नगरपालिका अन्तर्गत कपन क्षेत्रलाई मुख्य कार्यक्षेत्र बनाएको रिलायन्स इन्टरनेसनल एकेडेमी पटक पटक राष्ट्रकै दश उत्कृष्ट उच्च मा.वि.हरूको सूचीमा पर्न सफल भई उच्च माध्यमिक शिक्षा परिषद्द्वारा पुरस्कृत भएको थियो । रिलायन्स इन्टरनेसनल एकेडेमीले २०७० सालको प्रवेशिका परीक्षा ९क्ीऋ० मा राष्ट्रकै सर्वोत्कृष्ट नतिजा ९द्ययबचम ँष्चकत० हासिल गरी विभिन्न संघसंस्थाबाट सम्मानित भएको थियो । हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालय यसअघि पनि नगरपालिका, प्याब्सनको विस्तार गर्दै रिलायन्स एजुकेसन नेटवर्कको रुपमा रिलायन्स उच्च मा.वि., रिलायन्स कलेज, रिलायन्स पब्लिक स्कुल र रिलायन्स को–एड स्कुलमार्फत् करिब ५००० विद्यार्थीलाई शिक्षाको ज्योति प्रदान गर्दै आइरहेको छ ।

विद्यालयका प्रिन्सिपल खेमलाल भुनगर, प्रदेश र केन्द्रद्वारा सम्मानित भइसकेको छ ।

विगत २५ वर्षदेखि शिक्षा क्षेत्रमा समर्पित दक्ष र अनुभवी अध्यापकहरूको कुशल समूहबाट सञ्चालित रिलायन्स इन्टरनेसनल एकेडेमीले हासिल गरेको निरन्तर सफलता, विद्यार्थी एवं अभिभावकबाट यसले पाएको माया, सद्भाव र सहयोगबाट प्रोत्साहित भई यसले आफ्नो सेवालाई अझ बृहत् रुपमासालका अनुसार एक्काइसौँ शताब्दीको आजको युगमा राष्ट्रिय—अन्तर्राष्ट्रिय स्तरमा प्रतिश्पर्धा गर्न गुणस्तरीय शिक्षाको माध्यमबाट सक्षम जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको रिलायन्स एजुकेसन नेटवर्कले सो प्रयोजनका लागि मातहतका सम्पूर्ण स्कुल तथा कलेजमा सरकारी पाठ्यक्रममा मात्र सीमित नरही विद्यार्थी वर्गमा सामूहिक भावना, नेतृत्व क्षमता विकास, समाजसेवा, परोपकार, साहित्य, कला, सङ्गीत, खेलकूद आदि महत्वपूर्ण पक्षको समानुपातिक विकासका लागि तत् तत् विषय र पक्षको नियमित प्रशिक्षण, प्रयोगात्मक अभ्यास एवम् प्रस्तुतीकरणका लागि विभिन्न क्लब, सर्कल र समूहरूको गठन गरी चौतर्फी व्यक्तित्व विकासका लागि उपयुक्त वातावरण प्रदान गर्दै आएको छ ।

विद्यालय शिक्षाका अलावा विद्यार्थीको चौतर्फी विकासमा ध्यान दिने यस शैक्षिक संस्थाले केही दिनअघि मात्र होटल याक एण्ड यतिमा सम्पन्न नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहकार्यमा ब्रिटिस काउन्सिलले प्रदान गर्ने अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार (२०१९—२०२२) प्राप्त गर्न सफल भएको थियो भने शैक्षिक सत्र २०७६ को असारमा सम्पन्न नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा पनि प्रथम स्थान हासिल गरेको थियो ।

राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा समान हैसियतका शिक्षण संस्थाहरूसँग सहकार्य गर्दै शिक्षक विद्यार्थी आदानप्रदान, शैक्षिक अवलोकन भ्रमण तथा विविध समन्वयनात्मक कार्यका साथसाथै भि—स्टार नेपाल ९ख्–क्तबच ल्भउब०ि परियोजनामार्फत् विद्यार्थीको नैतिक तथा चारित्रिक विकासका लागि योग, ध्यान, सरसफाइ, शिष्टाचार लगायतका दश दैनिक क्रियाकलापहरू नियमित रुपमा गराइँदै आएको छ जसले विद्यार्थीहरूमा आत्मनिर्भरता, शिष्टाचार, समयको परिपालना, आध्यात्मिक चेतनाको विकास, परिवार र समाजप्रतिको कर्तव्यबोध गराउन महत्वपूर्ण योगदान पुगेको छ ।

“मानिस भित्र रहेको सम्पूर्ण प्रतिभाको पहिचान र प्रस्फुटन नै शिक्षाको मूल उद्देश्य हो” भन्ने सुक्तिलाई मूल मन्त्र बनाई त्यसलाई व्यवहारिक रुपमा सार्थक बनाउन यस शैक्षिक प्रतिष्ठानले अतिरिक्त क्रियाकलाप ९भ्ऋब्० का सबै विधाहरू वादविवाद, वक्तृत्वकला, साहित्यिक गोष्ठी, सृजनात्मक लेखन, अभिनय, नृत्य, गायन, वाद्यवादन, ललित कला, मार्शल आर्ट, हाजिरीजवाफ, हिज्जे, नाटक—प्रहसन आदिको नियमित अभ्यास एवं प्रस्तुतीकरण गराउँदै आएको छ, यसबाट शिक्षा केबल कोरा किताबी वा सैद्धान्तिक ज्ञानमा मात्र सीमित नभई मानव जीवनका सम्पूर्ण पक्षको समानुपातिक विकासको परिचायक हो भन्ने कुरालाई यस शैक्षिक प्रतिष्ठानले व्यवहारिक रुपमा सिद्ध गरेको छ । रिलायन्सले २५ वर्षको शैक्षिक यात्रामा हासिल गरेका एक पछि अर्को उपलब्धि र राष्ट्रिय कीर्तिमानहरूले उपर्युक्त तथ्यहरूलाई उजागर गरेका छन् । हाल संस्थाले राष्ट्रिय तथा क्षेत्रीयस्तरमा हासिल गरेको उत्कृष्ट विद्यालय सम्मान एवम् पुरस्कार त्यसैको एउटा पछिल्लो उत्कृष्ट उदाहरणका हो भन्ने कुरा सबैलाई जगजाहेर छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री