शनिबार, ८ वैशाख २०८१

युनाइटेड ट्रेडर्स सिन्डीकेटद्धारा टोयोटाका २ वटा गाडी छुटसहति पुनः लन्ज

समयपोष्ट २०७४ भदौ २५ गते १२:१६

टोयटा गाडीको नेपालको लागि आधिकारिक डिस्ट्रीब्यटर युनाइटेड ट्रेडर्स सिन्डीकेटले २ वटा गाडी पुनः लन्ज गरेको छ । टोयटाको इटियस सन २०१३को जुलाई महिनामा लन्ज गरेको गाडी नयाँ इटिओस् प्लाटिनम गाडीको काठमाडौंको धुम्बराही आनन्दनगरमा पुनः लन्च गरेको हो । त्यस्तैगरि सन् २०१४ को अगष्टमा लन्च गरेको इटिओस् लिभाको पनि पुनः लन्च गरेको छ ।टोयटाको इटियस सन २०१३को जुलाई महिनामा लन्ज गरेको गाडी २ सय ८० युनिट विक्री गरिसकेको युनाइटेड ट्रेडर्स सिन्डीकेटका सेल्स एण्ड मार्केकिङ प्रमुख विवेक बहादुर बलामीले जानकारी दिए । त्यसैगरि,इटियस लिभा २ सय ७० युनिट विक्री गरिएको उनले जनाए ।
युनाइटेड ट्रेडर्स सिन्डीकेटले यी गाडीको विक्रीमा नयाँ अफर समेत सार्वजनिक गरेको छ । नयाँ अफरमा दुई लाखसम्मको नगद छुट सहित स्पट एक्स्चेञ्ज र एक्स्चेञ्जमा ५० हजारसम्मको छुटको व्यबस्था गरेको छ । यसमा २० हजार किलोमिटर वा २ वर्षसम्मको वारेन्टी, सजिलो वित्तीय व्यबस्था, स्पट बीमाको व्यबस्था र स्पट डेलिभरी रहेका छन् ।
विश्वमा नै धेरै कारका पारखीहरुले रुचाएको इटिओस् प्लाटिनम गाडीको ग्राउण्ड क्लियरेन्स १ सय ७० मिटर रहेको छ भने माइलेज २० दशमलब ३२ केएमपीएल रहेको छ । इटियस लिभाले २३ दशमलब ५९ केएमपीएल माइलेज र ग्राउण्ड क्लियरिन्स १ सय ७० मिटर रहेको छ ।
साथै, युनाइटेड ट्रेडर्स सिन्डीकेटले आफ्नो आनन्दनगर भोइथको मुख्यालयमा सम्पूर्ण गाडिहरुको जानकारी सहित विभिन्न कार्यक्रम आयोजना गरि कारका पारखीहरुलाई कारसम्बन्धी जानकारी दिएको छ ।

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री