शुक्रबार, १६ चैत २०८०

नोवेल शान्ति पुरस्कार बिजेता सत्यार्थीले दश लाख नागरिकको संलग्नतामा गर्दै छन् यस्तो सह्रानिय काम 

समयपोष्ट २०७४ भदौ २५ गते ११:३२

नोवेल शान्ति पुरस्कार बिजेता भारतीय नागरिक कैलाश सत्यार्थीले भारतमा बालबालिकामाथि हुने श्रम तथा यौन शोषणका बिरुद्धमा एक नयाँ अभियानको सुरुवात गर्ने भएका छन् । 
उनले उक्त अभियान आगामी सोमबारबाट सुरु गर्न लागेको बताईएको छ । समाचारमा जनाइएअनुसार उनले उक्त अभियानमा कम्तीमा पनि दश लाख नागरिक संलग्न हुने हुने भएका छन । 

Advertisement

सत्यार्थीलाई भारतमा बालबालिकालाई श्रम तथा यौनजन्य व्यवहारका लागि गरिने बेचबिखनका विरुद्धमा गरेको उल्लेखनीय कार्यका लागि नोवेल शान्ति पुरस्कार दिइएको थियो । उनले भारतमा विगत लामो समयदेखि बाल बचाउ आन्दोलन सञ्चालन गर्दै आएका छन । 
यस पटक पनि उनले भारतमा बालबालिकाको बेचबिखन र उनीहरुविरुद्धका शोषणका क्रियाकलापको नियन्त्रण सरकारले एक्लै गर्न नसक्ने र यसमा नागरिक समाजको पनि सहभागिता चाहिने भन्दै यो अभियान सुरु गर्न लागेका हुन । 

उनले एएफपी समाचार समितिका सम्वाददातासँग भने– यो बलात्कार, बाल यौन शोषण र बालमजदुरहरुका विरुद्ध हुने विविध खालका शोषणका विरुद्धको सशक्त अभियान हो, म यसमा सबै नागरिकलाई सहभागिताका लागि आग्रह गर्दछु । भारतमा अहिले पनि प्रत्येक घन्टा दुई जना बालबालिकामाथि यौनजन्य दुव्र्यबहार हुने गरेको तथ्यांक पाइन्छ । त्यसैगरी प्रत्येक आठ मिनेटमा भारतका एकजना बालबालिका हराउने गरेका छन् । 

यसरी हराउने बालबालिका आफै हराएका नभएर दुरुपयोगका लागि बेपत्ता बनाउने गरिएको पनि उनले बताए । यस्ता बालबालिकालाई अवैध रुपमा ओसारपसार गर्ने र मानौँ कि जनावरको मूल्यमा बेच्ने पनि गरिएको उनको भनाई छ । 

यी सबैखाले दुव्र्यवहारको अन्त्यका लागि सबैले लड्नुपर्ने भएकोले आफूले यो अभियान सुरु गरेको उनले जानकारी दिए । यो अभियानमा विशेषगरी बालबालिका विरुद्ध हुने सबैखाले दुव्र्यवहारको अन्त्यका लागि चेतना जगाउने कार्य गरिनेछ । रासस÷एएफपी 

प्रतिक्रिया

सम्बन्धित सामाग्री