शुक्रबार, १६ चैत २०८०

प्रियंका तयार भइरहदाँ पियानो बजाएर प्रतिक्षा गर्छन् निक

समयपोष्ट २०७६ भदौ २२ गते ११:०३

Advertisement

बलिउड नायिका प्रियंका चोपडाले श्रीमान् निक जोनससँगको सामिप्यताबारे कुरा गरेकी छिन् । अन्तरराष्ट्रिय फेशन म्यागजिन भोगलाई दिएको अन्र्तवार्तामा उनले निकसँग कहिले मिलेर गाउने कोसिस नगरेको बताइन् । प्रियंकाले भनिन्, ‘हामी घरमा सँगसँगै गुन्गुनाउँछौं । जब म तयार भइरहेको हुन्छु तब उनी पियानो बजाएर मेरो प्रतिक्षा गरिरहेका हुन्छन् । तर म उनीसँग मिलेर कहिले पनि गाउने कोसिस गर्दिनँ । उनी उत्कृष्ट संगीतकार हुन् ।’

यसैगरी प्रियंकाले बलिउडबाट हलिउडसम्मको यात्राको विषयमा समेत कुरा गरेकी छिन् । उनले भनिन्, ‘आज म जे पनि छु वा अमेरिकामा जे गरिरहेको छु, त्यो सबै मैले भारतमा सिकेँ । म यसको दृष्टिकोणमात्र देखाइरहेकी छु । मैले आफूले आफैंलाई विश्वास गर्न सिकेँ । मैले असफलतापछि के गर्ने भनेर सिकेँ ।’

 

त्यस्तै उनले आमा बन्नु आफ्नो सूचीको शीर्ष स्थानमा रहेको बताएकी छिन् । प्रियंकाले भनिन्, ‘मेरो लागि घर त्यो हो, जहाँ म खुसी हुन्छु । जहाँ मेरा आफन्त बस्छन् जसलाई म निकै माया गर्छु । घर किन्नु र बच्चा जन्माउनु मेरो सूचीमा समावेश छ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री