बिहीबार, १५ चैत २०८०

डेङ्गुका बिरामी बढेसँगै रगतको अभाव

rss २०७६ भदौ २१ गते १५:५१

Advertisement

डेङ्गुका बिरामी बढेसँगै जिल्लामा रगतको अभाव देखिएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार नियमित रक्तदान नहुँदा डेङ्गु सङ्क्रमितलाई आवश्यक पर्ने सेतो रगत पु¥याउन कठिन भएको हो ।

अहिले दैनिक १०० युनिट सेतो रगतको माग रहेको बताउँदै उहाँले केन्द्रले ६० देखि ७० युनिट मात्रै उपलब्ध गराउन सकेको जानकारी दिनुभयो । सेतो रगतले प्लेटलेट निर्माणका लागि सहयोग गर्ने गर्दछ । डेङ्गु सङ्क्रमितलाई आवश्यक पर्ने सेतो रगत रक्तदान गरेको छ घण्टाभित्र बनाई सक्नुपर्ने हुन्छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापति ज्ञानशाली न्यौपानेका अनुसार जिल्लामा नियमित रक्तदान नहुँदा बिरामीको मागअनुसार रगत दिन नसकिएको हो । पछिल्लो समय डेङ्गु सङ्क्रमित ८३३ पुगेपछि अझै थप समस्या देखिएको हो । न्यौपानेका अनुसार जिल्लामा सेतो रगतसँगै रातो रगतको पनि माग बढेको छ । जसका कारण नियमित रक्तदान गर्नका लागि सबैलाई आह्वान गरिएको छ । अहिले रातो रगतको माग दैनिक ७० युनिट रहेको भए पनि ५० युनिट मात्रै पु¥याउन सकिएको उहाँले जानकारी दिनुभयो ।

केन्द्रले चितवन, गोर्खा, लमजुङ, तनहँुलगायतका १० जिल्लाबाट रगत सङ्कलनको काम गर्दै आएको छ । असार साउनमा खेती गर्ने समय भएकाले रगतको अभाव भए पनि अहिले बिरामीको चाप बढेसँगै रगत अभाव देखिएको न्यौपानेले बताउनुभयो । डेङ्गुका बिरामी बढेका कारण गाउँघरमा रक्तदानका कार्यक्रम पनि कम भएको उहाँले जानकारी दिनुभयो । जिल्लामा वार्षिक ५० हजार युनिट रगतको माग हुँदै आएको छ । केन्द्रले ४० हजार युनिट रगत मात्रै पूरा गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री