एनआईसी एशियाको २२ औं वार्षिक साधारणसभाको मिति तय
समयपोष्ट
२०७६ भदौ २० गते १२:००
एनआईसी एशिया बैंकले २२ औं वार्षिक साधारणसभाको मिति तय गरेको छ । बैंकको भदौ १८ गते बसेको सञ्चालक समिति बैठकले असोज १० गते साधारणसभा आह्वान गरेको हो ।
बैंकले यस अघि घोषणा गरेको १० प्रतिशत बोनस शेयर र १०.०५ प्रतिशत नगद लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकले स्विकृती दिएसंगै साधारणसभा आह्वान गरेको हो।
बैंकले घोषणा गरेको लाभांश भदौ २८ गतेसम्म कायम शेयरधनीहरले प्राप्त गर्न सक्ने छन्।
साधारणसभा प्रयोजनका लागि बैंकले भदौ २९ देखि असोज १० गतेसम्म बुक क्लोज गर्ने भएको छ।
प्रतिक्रिया