शनिबार, ८ वैशाख २०८१

सिटी एक्सप्रेस पनि कनेक्ट आईपिएसमा आबद्घ

समयपोष्ट २०७६ भदौ १९ गते १८:४४

Advertisement

सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ्ग हाउसबीच अब अन्तर र्बैक भुक्तानी प्रणाली सेवा सुरु भएको छ ।

उक्त सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान ज्यू र सिटि एक्सप्रेस मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डनले हस्ताक्षर गरे ।

उक्त भुक्तानी प्रणाली सेवा नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आईपिएस मार्फत ८० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरुबाट हुनेछ । सो सेवा अन्तर्गत अब सिटी एक्सप्रेसबाट रेमिटान्स कारोबारहरु कनेक्ट आईपिएस मार्फत रियल टाइम र एन सि एच एल मार्फत तोकिएको सीमामा कारोबारहरु भुक्तानी गर्न सकिन्छ ।

यस अनुरुप अव बैंक भुक्तानी कार्य हरु धेरै सहज र सरल हुने बिश्वास गरिएको छ ।सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री