शनिबार, ८ वैशाख २०८१

अब विदेशीले पनि बैंकमा खाता खोल्न पाउने

समयपोष्ट २०७६ भदौ १९ गते १२:०१

Advertisement

नेपालमा खाता खोलेर विदेशीले विदेशी मुद्रा मुद्दती निक्षेपमा राख्न पाउने भएका छन् । राष्ट्र बैंकका अनुसार यस्तो खाता विदेशी संस्था र गैरआवासीय नेपालीले खोल्न पाउने छन् ।

खाता दुई वा दुई भन्दा बढी विदेशी सँस्था र गैर आवासीय नेपालीले संयुक्त रुपमा पनि खोल्न पाउनेछन् । विदेशी मुद्राको मुद्दती निक्षेप कम्तिमा २ वर्षको हुनुपर्नेछ ।

यसको लागि नेपाल सरकारबाट जारी भएको गैर आवासिय नेपालीको परिचयपत्र हुनुपर्नेछ । सो परिचयपत्र नविकरण गरेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

तर विदेशी निक्षेपकर्ताको हकमा संस्थाको सञ्चालक समितिले खाता खोल्न गरेको निर्णय समावेश गराउनुपर्नेछ । खाता अमेरीकी डलर, पाउण्डस्टलिङ, युरो, अष्ट्रेलियन डलर, कयानेडियन डलरमा खोल्न सकिने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री