शुक्रबार, १६ चैत २०८०

वीरगन्ज महानगरपालिका मेयर उम्मेद्धवारहरुका यस्ता छन एजेन्डा

समयपोष्ट २०७४ भदौ २४ गते ८:२२

वीरगन्ज महानगरपालिकाका मेयरका उम्मेद्धवारहरुले आ–आफ्नो जीत सुनिश्चित भएको दाबी गर्दै आईरहेका छन् । शनिबार वीरगन्जको माईस्थानमा रिपोर्टर्स क्लब नेपाल पर्सा शाखाले मेयरका उम्मेद्धवारहरुसँग गरेको विशेष साक्षात्कारमा मेयरका उम्मेद्धवारहरुले आफूले जिते विरगन्जको समग्र विकास गर्ने र समृद्ध बनाउने प्रतिबद्धता जनाएका हुन् ।
 नेपाली कांग्रेसकाका मेयरका उम्मेद्धवार अजय द्धिवेदीले आफनो पहिलो एजेण्डा नै विकास भएको स्पष्ट पारे ।
उनले निर्वाचनमा आफूहरुको मात्रै नभएर जनताहरुको पनि अब परिक्षा आएको बताए ।उनले थपे,“हामीले भोट दिँदा, राजनीति र समाजको लागि पनि एक भोटले निर्धारण गरिरहेको छ । राजनीतिक निष्ठाको हुन्छ कि हुँदैन रु विकासको लागि पनि कांग्रेसको नेतृत्व हुन्छ ।”
उनले आफू विजयी भए वीरगन्जको रौनक बढाउने, महानगरलार्ई समृद्ध बनाउने आफ्नो योजना रहेको बताए । उनले थपे,“मेरो उम्मेद्धवारी भनेको कागजी घोषणामात्रै होईन, व्यवहारमा नै सभ्य सहर बनाउनको लागि पनि हो । सुरक्षाको अनुभुति गराउनको लागि पनि मेरो उम्मेद्धवारी हो, ठूला तथा खुद्रा व्यापारीहरुको सुरक्षा र हकहितकोलािग काम गर्नेछु ।”
त्यस्तै उनले वीरगन्ज औधोगिक नगरी भएपनि किसानहरुको हकहितको लागि पनि आफूले पहलकदमी लिने वचन दिए । द्धिवेदीले थपे,“ईतिहाँसमा विरगन्जको कृषिमा पनि विकास गर्न, हरेक गाउँमा शहर बनाउन, मेरो उम्मेद्धवारी हो । मोवाईल हेल्थ क्लिनिक चलाउनेछु, युवा, तथा खेलाडीहरुलाई प्रोत्साहन, खेलकुद परिषद बनाउनेछौं । पूरानो शहरलाई सुगम बनाउनेछु। सडक व्यवस्थापन गर्नेछु ।”त्यस्तै उनले वीरगन्ज प्रदेश नम्बर २ को राजधानी हुने पनि बताए ।
नेकपा एमालेका मेयरका उम्मेद्धवार बसरुद्दिन अन्सारीले धेरै गफ गर्न आफूलाई नआउने बताउँदै भने,“मलाई धेरै गफ गर्न आउँदैन्, जनता जनार्दन हुन् । जनताले जसलाई मन पराउँछन् त्यसलाई विजयी बनाउँछन् । म आश्वासन र झूठो वचन दिन चाहन्न ।”

Advertisement

उनले आफू मेयरमा विजयी भए जनताले अनुभव गर्ने खालको विकास गर्ने प्रतिबद्धता जनाए उनले भने,“महानगरपालिकाका जनतालाई अनुभव दिलाउनेगरि काम गर्छु, हामी जनता नै मुख्य हौं, योग्य मानिस को हो भन्ने कुरा रु विकासका कामहरु धेरै बाँकी छ । बाटाघाटाहरु खाली छन्, यी सबै बनाउने मेरो प्रण छ।”
कार्यक्रममा नेकपा माओवादी केन्द्रका मेयरका उम्मेद्धवार रहबर अन्सारीले पनि वीरगन्जको विकासको लागि आफूले काम गर्ने विश्वास दिलाए । उनले आफू युवा भएकोले वीरगन्जको विकासको लागि नवीनतम टुल्सको प्रयोग गर्ने बचन दिए ।
उनले आफूलाई पार्टीले विश्वास गरेर टिकट दिएको भन्दै जनताले पनि आफूलाई अध्यधिक मत दिएर विजयी बनाउने बताए । उनले वीरगन्जको समग्र विकासको लागि र समृद्ध महानगरको लागि आफूसँग स्पष्ट भीजन रहेको समेत सुनाएँ ।
राजपा नेपालका मेयरका उम्मेद्धवार राजेशमान सिंहले ठूलाठूला कुरा गरेर विकास नहुने बताए । उनले,“जनताकोसामु हामीले ठूलो वाचा लिएर आएका छैनौं, विरगन्जका जनताले राजपा नेपाललाई मतदान दिन्छन् । जनताको दुःखमा को काँधमा काँध लिएर हिँडेको छ भन्ने कुरा यहाँका जनताहरुलाई राम्रोसँग थाहा छ, त्यसैले हामी बोल्नुभन्दापनि काम गरेर देखाउँछौं।”
सिंहले विरगन्जको समग्र विकास र जनताको जीवनस्तर उकास्नको लागि आफनो उम्मेद्धवारी भएको स्पष्ट पारे ।
त्यस्तै उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमको तर्फबाट विजयी सरागवीले पनि आफूले वीरगन्जको विकासको लागि धेरै काम गरेको र भोलिका दिनमा नेपालकै नमूना महानगर बनाउने प्रणका साथ आफू मेयरको लागि मैदानमा उत्रिएको बताए । उनले आफू विजयी भए वीरगन्जको मुहार फेर्ने समेत विश्वास दिलाए ।
कार्यक्रममा नेमकिपाबाट मेयरका उम्मेद्धवार मुना कुमार साह, नेपाली जनता दलबाबाट मनोज कुमार रौनियार, स्वतन्त्र उम्मेद्धवार विकास यादवले पनि वीरगन्जको विकासको लागि आफूहरुको उम्मेद्धवारी भएको बताएका थिए । उनीहरुले वीरगन्जको मुहार फेर्नको लागि ठूला दलका उम्मेद्धवारले नसक्ने बताउँदै आफूहरुले मात्रै यहाँको विकास गर्न सक्ने जिकिर गरेका थिए ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री