बिहीबार, १३ वैशाख २०८१

क्लास्सिक टेकले गर्‍यो रक्तदान कार्यक्रम

समयपोष्ट २०७६ भदौ १६ गते १४:०१

Advertisement

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लास्सिक टेकले आफ्नो १०औं बार्षिकोत्सव को अवसरमा रक्तदान कार्यक्रम गरेको छ । कोर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरिएको कम्पनीले जनाएको छ ।

स्वयम्भूनाथ परिसरमा भएको रक्तदान कार्यक्रममा ८० भन्दा बढीले रक्तदान गरेका थिए । देशभर २३ वटा शाखा भएका यस कम्पनीले देशको अन्य जिल्लाहरुमा पनि यो लगायत अन्य सामाजिक उत्तरदायित्व कार्यक्रम आयोजना गर्ने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री