शनिबार, ८ वैशाख २०८१

चरीकोटमा लक्ष्मी बैंकले गर्यो वृक्षारोपण

समयपोष्ट २०७४ भदौ २० गते ४:४४

लक्ष्मी बैंक लिमिटेड चरीकोट शाखाले, लक्ष्मी केयरस् (लक्ष्मी बैंकका कर्मचारी द्वारा सञ्चालीत, गैर सरकारी संस्था) संगको सहकार्यमा, भिमेश्वर न.पा. वडा नं. २ स्थित चम्पुजा हरियाली पार्कमा वृक्षारोपण सम्पन्न गरेको छ ।उक्त कार्यक्रममा बैंकका ग्राहकवर्ग, कर्मचारी तथा नगरपालिकाका विश्ष्टि व्यक्तिहरु र अन्य शुभेच्छुकहरुको उल्लेखनिय मात्रामा सहभागीता रहेको थियो । 
लक्ष्मी बैंकबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रर्वद्घित सामाजिक संस्था लक्ष्मी केयरस् स्थापना कालदेखि नै शिक्षा, स्वास्थ्य र वातावरणिय संरक्षण र प्रवद्र्घनको क्षेत्रमा क्रियाशिल रहेको छ ।
सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकले आज आफ्ना  शाखाहरु तथा सूचना प्रविधिको माध्यमबाट बृहत स्तरमा सेवाप्रदानगर्न सफलभएको छ । तुलनात्मक रुपमा छोटो इतिहासको बाबजुदपनि रिटेल, कर्पाेरेट तथा ट्रेजरी जस्ता संपूर्ण व्यवसायिक सेवाको क्षेत्रमा सेवा पु¥याउने एक प्रमुख बैंकिङ्ग सेवाप्रदायकको रुपमा बंैक अगाडी आएको छ । 
उच्चस्तरीय संस्थागत सु–शाषन संस्कार, जोखिमव्यवस्थापन प्रणाली, र सक्षम प्रविधी लगायत उत्तम यवस्थापन भएको बैंकको रुपमालक्ष्मी बैंक नेपालमा सर्वत्र परिचित छ । लक्ष्मी बैंकको शाखा संजाल ६९, ३ हस्पिटल सेवा काउन्टर, ९० ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स् अनि ४०० भन्दा बढि मोबाईल बैकिंङ्ग एजेन्टहरु छन् । 
 बैंकले करिब ७००+कर्मचारी मार्फत ३७ जिल्लामाआफ्नो सेवा पु¥याएको छ । यस भौतिक उपस्थितिका अतिरिक्त लक्ष्मी बैंक विद्युतिय बैंकिङ्ग सेवाप्रवाहको प्रवर्तकको रुपमा समेत कार्य गर्न सक्षमभएको छ । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री