शुक्रबार, १६ चैत २०८०

युनिलिभर नेपालको २५औं वार्षिक उत्सव मनाउन प्रमुख कार्यकारी अधिकृत पौल पोलम्यान नेपालमा

समयपोष्ट २०७४ भदौ २० गते ४:४०

युनिलिभर नेपाल संचालनको २५औं वार्षिक उत्सव मनाउन प्रमुख कार्यकारी अधिकृत पौल पोलम्यान नेपाल आएका छन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट्नेछन्।पोलम्यानको साथमा नेपाल भ्रमणमा युनिलिभर दक्षिण एशियाका कार्यकारी उपाध्याक्ष सञ्जीव मेहता  तथा युनिलिभर नेपालका अध्यक्ष प्रदिप बनर्जी पनि छन्।

Advertisement

युनिलिभरका प्रमुख कार्यकारी अधिकृतको भ्रमणले युनिलिभरको स्थानीय व्यवसाय र नेपाली जनता प्रतिको प्रतिवद्धता प्रदर्शित गर्ने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पोलम्यानले स्थानीय उत्पादन क्षमता बढाएर मुलुकमा पुँजीगत लगानी वृद्धिलाई कम्पनीले निरन्तरता दिने बताए। नेपालमा हाम्रो व्यवसायलाई थप बलियो वनाउन र स्थिर, प्रतिस्पर्धात्मक, नाफामुलक र जिम्मेवारीयुक्त वृद्धिलाई निरन्तरता दिने हाम्रो प्रयास हो ।”उनले भने।पोलम्यानले एघार र वाह्र कक्षामा अध्ययनरत १० जना विमुख परिवारका छात्राहरुलाई दुई वर्षका लागि हरेक वर्ष छात्रवृत्ति प्रदान गर्नका  लागीे माईती नेपाल नामको  एक गैह्रसहकारी संस्थासँगको सहकार्यमा स्थापित “फेयर एण्ड लभ्ली फाउण्डेशन” को उद्घाटन गरे।माईती नेपालका महिलाहरुले युनिलिभरको मुल्य श्रृंखलामा रोजगारको अवसर पाउन सकुन भन्ने हेतुले उनीहरुलाई व्यवसायिक सीप सम्वन्धी तालिम दिने उनले बताए।

'दिगो विकासको हाम्रो मोडल भनेको मुल्यलाई मुल्यहरुसँग समायोजन गर्नु हो।समाजका लागि मनकारी ढंगले खर्च गरेर सामाजिक तथा मौद्रिक सफलता प्राप्त गर्नु हो,उनले भने।उनले आफ्नो कम्पनीले शेयरधनीलार्इ मात्रै नहर्ने बताउँदै सबै पक्षलार्इ हेरेर कम्पनी चलाउने बताए। युनिलिभर प्रत्यक्ष रुपमा २ सय ४३ जनालार्इ र अप्रत्यक्ष रुपमा २० हजार भन्दा बढीलार्इ रोजगारी दिएको छ।कम्पनीले स्वस्थ र सक्षम नेपाल अभियान अन्तर्गत स्वास्थ्य र जीवनमा सुधार ल्याउने प्रयास गरिरहेको छ।लाईफवोयको “बच्चालाई पाँच वर्ष पुग्न सहयोग गरौं” भन्ने कार्यक्रमले  सावुन र पानीले हात धुने वानी बसाली स्वास्थ्य र जीवनयापन शैलीमा सुधार ल्याउने प्रयास गरिरहेको छ।
नेपाल दञ्त चिकित्सक एसोसिएसनगँको सहकार्यमा “पेप्सोडेण्ट ओरल केयर” (पेप्सोडेन्ट दाँत तथा गिजाको हेरचाह) सम्बन्धि विद्यालय कार्यक्रम गरिरहेको छ।कम्पनीको उत्पादन युनिट हेटौडामा छ।कम्पनीका चार वटा प्याकेजिङ गर्ने सहइकार्इ छन्।कम्पनीले लाईफवोय, लिरिल, क्लोज अप, पेप्सोडेण्ट, सनसिल्क, लक्स, फेयर एण्ड लभ्ली, डोभ, ह्वील, सर्फ लगायतका उत्पादन बजारमा ल्याएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री