बिहीबार, ६ वैशाख २०८१

दसैंको नयाँ नोट भदौ २८ गतेबाट,सटही सुविधा तीन सरकारी बैंकमार्फत

समयपोष्ट २०७४ भदौ १९ गते ११:२२

दशैका लागि नेपाल राष्ट्र बैंकले नोट सटही सुविधा तीन सरकारी बैंकमार्फत उपलब्ध गराउँने भएको छ । यसअघि काठमाडौंस्थित बैंकिङ कार्यालय र आफ्ना क्षेत्रीय कार्यालयहरुबाट मात्र नोट सटही सुविधा दिने गरेको बैंकले यसै बर्ष देखि तीन बैंकबाट सेवा दिन लागेका हो । नोट सटही सुविधा दिने बैंकहरुमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक रहेका छन् । निजी क्षेत्रका बैंकहरुले राष्ट्र बैंकबाट पैसा लगेर आफूले चिनेजानेकाहरुलाई मात्र सटही सुविधा दिएको गुनासो बारम्बार आउन थालेपछि बैंकले यस्तो ब्यवस्था मिलाएको हो।

Advertisement

बैंकले नयाँ नोट सटही सुविधा भदौ २८ गतेबाट उपलब्ध गराउने भएको छ । बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रति ब्यक्ति २० हजार रुपैयाँसम्म उपलब्ध गराउने जनाएको छ । राष्ट्र बैंकमै गएर साट्नेहरुले भने प्रति ब्यक्ति २७ हजार रुपैयाँसम्म नोट साट्न पाउने बैंकले जनाएको छ । 

निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थालाई भने सर्वसाधारणलाई नयाँ नोट वितरण गर्न राष्ट्र बैंकले साढे तीन करोडदेखि ११ करोड रुपैयाँसम्म उपलब्ध गराउने जनाएको छ। 

सटही सुविधा पाईने स्थान
 

दशैको नोट सटही सुविधा नेपाल बैंकको काठमाडौं बैंकिङ अफिस, न्यूरोड, बालाजु, पाटन, किर्तिपुर र भक्तपुरबाट उपलब्ध हुँनेछ । त्यस्तै राष्ट्र बाणिज्य बैंकको सिंहदरवार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्शाल शाखाबाट पनि सटही सुविधा लिन सकिन्छ । कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट सर्वसाधारणले सेवा लिन सक्नेछन् । 
 
 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री