शुक्रबार, ७ वैशाख २०८१

अनलाइन फाराम भरेका लोकसेवा परीक्षार्थीको दस्तुर ग्लोवल आइएमई बैंकले बुझ्ने

समयपोष्ट २०७४ भदौ १९ गते १०:२०

लोकसेवा आयोगमा अब दरखास्त फारामको दस्तुर बुझाउन लाइन लाग्नु नपर्ने भएको छ । यसै आवदेखि बैंकिङ प्रणालीबाट परीक्षार्थीको दरखास्त फारामको दस्तुर लिने व्यवस्था गरेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए । 
आयोगले ग्लोवल आइएमई बैंकमार्फत अनलाइन फाराम भरेका परीक्षार्थीको रकम लिने भएको हो । परीक्षार्थीले अनलाइनबाट फाराम भरेपछि मास्टर कोड लिएर बैंकबाट दस्तुर बुझाउन सक्ने छन् । 
अनलाइनमा फाराम भरे पनि आयोगमा दस्तुर बुझाउन परीक्षार्थीले लाइन नै लाग्नु पर्ने गथ्र्यो । उनले उपत्यका बाहिरबाट फाराम भर्ने परीक्षार्थीका लागि भने बैंकबाट दस्तुर बुझ्ने व्यवस्था नगरिएको बताए । 
आयोगले ग्लोबल बैंकका काठमाडौँ रहेका १३ वटा शाखाबाट रकम बुझ्ने व्यवस्था गरेको छ । यसअघि अनलाइनमार्फत फाराम भरे पनि परीक्षार्थीले उपत्यकाका लागि आयोगको केन्द्रीय कार्यालय र उपत्यकाका बाहिर क्षेत्रीय कार्यालय, अञ्चल कार्यालय र हुलाकबाट फारामको दस्तुर बुझ्ने व्यवस्था गरेको थियो । रासस 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री