बिहीबार, १३ वैशाख २०८१

विकासका लागि अन्तरिक्षमा पहुँचबारे नेपालको चासो

समयपोष्ट २०७४ भदौ १८ गते १२:१०

युरोपेली राष्ट्र अस्ट्रियाको पर्यटकीय शहर ग्राजमा ‘२१ औँ शताब्दीको सर्वाङ्गीण विकासका लागि अन्तरिक्षमा पहुँच’ विषयक पाँचदिने कार्यशाला शुरु भएको छ । आजदेखि शुरु भएको कार्यक्रम यही भदौ २२ गतेसम्म चल्नेछ । कार्यक्रममा अन्तरिक्षका विषयमा भएका पछिल्लो गतिविधिका विषयमा समेत जानकारी गराइने छ । 

Advertisement

संयुक्त राष्ट्रसंघीय अन्तरिक्ष मामिला कार्यालय र अस्ट्रियन सरकारको संयुक्त आयोजनामा कार्यशाला आयोजना गरिएको हो । पाँचदिने कार्यशालामा नेपालले पनि भाग लिएको छ । कार्यक्रममा नेपालमा १० वर्षदेखि अन्तरिक्ष विज्ञानको क्षेत्रमा काम गर्दै आएको संस्था नेपाल एस्ट्रोनोमिकल सोसाइटी ९नासो० ले भाग लिएको हो । 

कार्यक्रममा संस्थाका अध्यक्ष सुरेश भट्टराईले ‘नेपालमा अन्तरिक्ष विज्ञानसम्बन्धी जनचेतना तथा क्षमता विकास कार्यक्रम’ विषयको कार्यपत्र प्रस्तुत गर्दै छन् । हाल नेपालमा अन्तरिक्षप्रति बढ्दै गएको चासो र सरकारी तथा गैरसरकारी गतिविधिलाई कार्यपत्रमार्फत् विश्व समुदाय माझ पुर्याइने उनले जानकारी दिए। 

भट्टराईलाई त्रिभुवन विश्वविद्यालय व्यावहारिक विज्ञान तथा अनुसन्धान केन्द्रले सिफारिस गरी पठाएको हो । कार्यशालामा २५ देशका अन्तरिक्षसम्बन्धी संस्थाका प्रतिनिधिको सहभागिता रहेको जनाइएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री